शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. बसौला नियुक्त
डा. मनिषा रावल सार्क क्षयरोग केन्द्रमा सरुवा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशक नियुक्त गर्नुभएको हो ।
यस्तै उक्त अस्पतालकी निर्देशक डा. मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ ।
त्यसैगरी सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई भने वीर अस्पतालमा सरुवा गरिएको छ ।