Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त हुनुभएको छ ।

गत मंसिर १३ गते बसेकोको मन्त्रिपरिषदको बैठकले प्रा.डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो।

नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहनुभएका प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार सम्हाल्नका लागि स्वास्थ्य मन्त्रालय पुगेर पत्रसमेत बुझिसक्नुभएको छ । मंगलबार काउन्सिल पुगेर पदवहाली गर्ने उहाँको भनाई छ ।

यसअघि काउन्सिलको अध्यक्ष प्रा.डा. भगवान कोइराला हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएपछि प्रा. डा. भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्