Logo
|
Saturday 26th October 2024
Logo

epaper

नेपाल मेडिसिटी हस्पिटलमा कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टरको शुभारम्भ

स्तन क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार गरिने



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टरको शुभारम्भ गरिएको छ ।

स्तनसम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने हेतुले उक्त कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा बलिउडकी ख्याँतिप्राप्त नायिका मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा र नेपाल महिला उद्यमी महासंघकी पूर्व अध्यक्ष निरु रायमाझीले संयुक्त रुपमा सेन्टरको उद्घाटन गर्नुभयो ।

उपचारमा विशेषज्ञ चिकित्सकहरु संलग्न रहने र अत्याधुनिक प्रविधि प्रयोग गरिने अस्पतालले जनाएको छ । यस्तै, अस्पतालले स्तन क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार गरिने जनाएको छ ।

मेडिसिटी एनएबीएच ईन्टरनेश्नल मान्यताप्राप्त नेपालको पहिलो अस्पताल हो ।

प्रतिक्रिया दिनुहोस्