Logo
|
Saturday 27th July 2024
Logo

epaper

बिरामीको मृत्युपछि मनमोहन सामुदायिक अस्पतालमा तनाव

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप



जनस्वास्थ्य सरोकार, झापा । बिरामीको मृत्यु भएपछि बिर्तामोडको मनमोहन सामुदायिक अस्पताल तनाव सिर्जना भएको छ ।

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उहाँको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका हुन् ।

मृतकका श्रीमान, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । मृतकका छोराछोरीको पालनपोषण , शिक्षादिक्षाको लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने आफूहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताउनुभयो । उहाँले मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको बताउनुभएको छ ।

घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्