Logo
|
Saturday 27th July 2024
Logo

epaper

गेटा मेडिकल विश्वविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छः स्वास्थ्यमन्त्री बस्नेत



जनस्वास्थ्य सरोकार, कैलाली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उहाँले भन्नुभयो– “गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन ।”

प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा रहेका भवन संरचनामा केही महिनादेखि अस्पताल सञ्चालनमा गरिएको छ ।

यसअघि धनगढीमै आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा मन्त्री बस्नेतले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

चिकित्सा शिक्षामा सुधार गर्न सकिएमा विदेश पढ्न जानेबाट बाहिरिने ठूलो रकम देशमै रोकिने भई बाहिरबाट पढ्न आउनेबाट धन स्वदेशमा भित्रिई रोजगारीसमेत सिर्जना हुने उहाँले बताउनुभयो । विसं २०५४ पछि पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ठूलो सङ्ख्यामा स्वास्थ्य कर्मचारीको दरबन्दी थपिन लागिएको उनले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपउहाँले भन्नुभयो– “गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कार्यक्रममा सहभागी पालिका तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य सुधार र जनशक्तिलगायत विषयमा उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

मन्त्रालयका डा कृष्णप्रसाद पौडेलले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुभएको थियो । मन्त्रालयकै डा चुमनलाल दासले मातृ मृत्यु दरको अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको औषत परिवार सङ्ख्या, खाद्यान्नको अवस्था, जन्मदर्ता, रोजगारीको अवस्था, मदिरा र सुर्तीजन्य पर्दाथको प्रयोग, प्रजनन दरलगायत सूचकहरु सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा मातृ मृत्यु दर, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या, परिवार नियोजन गराउनेको सङ्ख्या पहिलेको भन्दा सुधार आएको उल्लेख गरिएको छ । बाल मृत्युदरमा भने सुधार आउन नसकेको जनाइएको छ । हरेक पाँच वर्षमा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्ने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्