Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल मेडिकल कलेजका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले शुक्रबार कलेज परिसरमा धर्ना र प्रदर्शन गरेका छन् ।

कलेजमा अध्ययनर एमबीबीएस २५/२६ ब्याजका विद्यार्थीहरुले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागु गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेको स्थानीय सामाजिक अगुवा राजु सुनारले जानकारी दिनुभयो ।

‘विद्यार्थीहरुको माग भनेको मेसमा अखाद्य पदार्थ प्रयोग भएको, क्यान्टिनले उपलब्ध गराएको खाना बासी र गुणस्तरहिन भएको भन्ने छ,’ सुनारले भन्नुभयो ।

उनीहरुले गुणस्तरहिन खाना खुवाउने क्यान्टिन र मेस बन्द गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्