Logo
|
Saturday 27th July 2024
Logo

epaper

आधारभूत स्वास्थ्य सेवा अस्पतालमा शव परीक्षण गृहको उद्घाटन

प्रत्येक वडाको स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक बिरामी चेकजाँच गर्न पठाउने



जनस्वास्थ्य सरोकार, तौलिहवा । जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन नगर प्रमुख अजय थापाले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले नजिकै शव परीक्षण गृह नभएकाले नागरिकहरू सास्ती पाउँदै आएको बताउनुभयो । पालिकाले अस्पतालका शय्याभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको उहाँको भनाइ छ ।

स्थानीय तहले सञ्चालन गरेको यो सेवा नेपालमै पहिलो रहेको उहाँले बताउनुभयो । नागरिकको सहजताका लागि प्रत्येक वडाको स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक बिरामी चेकजाँच गर्न पठाउने नगर प्रमुख थापाले बताउनुभयो ।

अस्पताल सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद बेल्बासेले परीक्षण गृह सञ्चालनले नागरिकलाई धेरै सुविधा हुने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अमित पाण्डेले औपचारिक रूपमा सेवाको सुरुवात भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्