Logo
|
Saturday 27th July 2024
Logo

epaper

२३ औं शसस्त्र प्रहरी दिवसमा लोमस फर्मास्युटिकल्सका निर्देशक प्रनव जंग पाण्डे सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रा.लि.का निर्देशक प्रनव जंग पाण्डे ससस्त्र प्रहरीबाट सम्मानित हुनुभएको छ । ‘२३ औं शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा पाण्डेलाई सम्मान गरिएको हो ।

पाण्डेलाई सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्ने जिम्मेवारीहरु पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरी संगठनको कार्य सम्पादनलाई प्रभावकारी बनाउन पुर्याएको योगदानको उच्च कदर स्वरुप कदर पत्र प्रदान गरिएको उल्लेख छ ।

उहाँलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कदर पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्