Logo
|
Friday 25th October 2024
Logo

epaper

नोवेलमा मुटुको धड्कन बढ्ने विरामीको दीर्घकालीन उपचार सुरु



जनसस्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रणालीबाट मुटुको धड्कन बढ्ने विरामीहरुका लागि दीर्घकालीन उपचारको सुरु गरेको छ ।

उक्त सेवा सुरु भएपछि नोवेल मेडिकल कलेजको मुटु रोग विभागमा मुटु समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ ।

नोबेलले उक्त सेवा सुरु गरेपछि मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा औषधी प्रभावकारी नहुने समस्याबाट विरामीले छुटकारा पाउन थालेका छन् ।

इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्यावले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज हुने र विरामीको अवस्थाको सही जानकारी पाइने हुन्छ । नोवेलमा टुडी म्यापिङ्ग उपलव्ध छ जसको आधारमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिन्छ ।

रोग पत्ता लागेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ । मुटुको यस्तो उपचार पद्धति काठमाडौँ बाहिर नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र छ । यो अति नै भरपर्दो प्रविधि मानिन्छ । यस प्रविधिबाट उपचार गराउँदा विरामीलाई बेहोस पार्न नपर्ने र एक दिनमात्र अस्पताल बसे पुग्ने हुन्छ । उक्त प्रविधिबाट उपचार गराएपछि एक महिनामात्रै औषधि सेवन गरे पुग्छ ।

प्रतिक्रिया दिनुहोस्