Logo
|
Friday 26th July 2024
Logo

epaper

नर्सिङ लाइसेन्स परीक्षा आगामी चैतमा, माघ २१ देखि फारम खुल्दै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्सिङ लाइसेन्स परीक्षा आगामी चैत ३ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले आज एक सूचना जारी गर्दै लाइसेन्स परीक्षाका लागि माघ २१ देखि एक महिनासम्म अनलाइन फारम लिने जनाएको छ ।

तोकिएको अवधीमा फारम भर्न छुटेमा आगामी २२ फागुन देखि २४ फागुन अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम भर्न सकिने सुचनामा उल्लेख गरेको छ ।

परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ उत्तीर्ण भएकाहरु यो परीक्षामा सहभागी हुन पाउने बताएको छ ।

परिषद्ले परीक्षाका लागि नियमित दस्तुर ३१०० रुपैयाँ तोकेको छ । तर दोब्बर दस्तुर तिर्ने अवस्था आएमा ६१०० रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

लाइसेन्स परीक्षाको लिखितमा १५० पूर्णाङ्कको १५० वटा प्रश्नहरु सोधिने र उत्तीर्ण हुनका लागि ५० प्रतिशत अंक ल्याउनु पर्ने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्