Logo
|
Saturday 27th July 2024
Logo

epaper

हेलिकप्टरद्वारा उद्धार गरिएकी गर्भवतीको सुर्खेतमा मृत्यु 



नेपाल हेल्थ न्युज, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाकी  २८ बर्षीया गर्भवती सुकिली सार्कीको मृत्यु भएको छ।

सुत्केरी  व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आएकी  गर्भवती सार्कीको अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएको र त्यो कोल्टिमा सम्भव नभएपछि  राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार कोल्टीबाट सुर्खेत उद्धार गरिएको थियो।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइए लगत्तै अप्रेसनद्वारा २ वटा मृतक शिशुको जन्म दिएकी सार्कीको होस नखुलेपछि आज बिहान ५ बजे कर्णाली प्रादेशिक अस्पताल सुर्खेत काला गाउँमा निधन भएको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो । 

मृतक सार्कीका यसअघि एउटा छोरा र एउटी छोरी गरि २ वटा सन्तान रहेका छन् । उनको शव जगन्नाथ गाउँपालिकाको सहयोगमा सुर्खेतबाट बाजुरा ल्याइने तयारी भइरहेको छ।

बाजुरा लगायत विकट क्षेत्रमा गर्भवती तथा सुत्केरीहरूलाई उपचार हुन नसक्ने अवस्थामा सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानु पर्ने बाध्यता रहेको छ । भने समयमै उपचार नपाउँदा बाजुरा लगायत दुर्गमका आमाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ। राजेन्द्र विक, रेडियोनेपालtwitter sharing button

प्रतिक्रिया दिनुहोस्