Logo
|
Saturday 27th July 2024
Logo

epaper

टोखामा किशोरीहरुका लागि क्यान्सर सचेतनामुलक कार्यक्रम, १०० किशोरीको सहभागिता

क्यान्सर विजेताहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन भएको अध्यक्ष डा. पोखरेलको जिकिर



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौंको टोखामा किशोरीहरुका लागि क्यान्सर सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । टोखाको मनोहर उच्च माध्यमिक विद्यालयका एक सय किशोर किशोरीहरुका लागि क्यान्सर उपचारमा हुने विभेदविरुद्ध सचेत गराइएको हो ।

विश्व क्यान्सर दिवसको दिन फेब्रुअरी ४ मा ग्रामीण महिला तथा बाल स्वास्थ नेपाल (क्यान्सर सर्भाइभर्स सचेतना समुह) ले सो कार्यक्रमको आयोजना गरेको थियो ।

क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध क्लोज द केयर ग्याप भन्ने नाराहित कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष डा. कोपिला पोखरेलले बताउनुभयो । सो अवसरमा करिब ७० जना क्यान्सर सर्भाइभर्ससहित टोखा नगरपालिकाका सरोकारवाला पक्षहरूकोसमेत सहभागिता रहेको थियो ।

अध्यक्ष डा. पोखरेलले नकारात्मक सामाजिक मनोवृत्ति, पारिवारिक सहयोगको अभाव र राज्यको अपर्याप्त हस्तक्षेपले क्यान्सर विजेताहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन भएको छ जानकारी गराउनुभयो ।

उहाँले सचेतना बढाउने, समानुभूति बढाउने, र राम्रो स्वास्थ्य सेवा नीतिहरूको आवश्यकता बताउँदै यसबारे चौतर्फी वकालत हुन सकेमा क्यान्सर बिरामीहरूको लागि थप सहयोगी वातावरण सिर्जना गर्न मद्दत गर्ने अध्यक्ष पोखरेलले उल्लेख गर्नुभयो । डा. पोखरेल आफै क्यान्सर सर्भाइभर्स हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्