Logo
|
Saturday 27th July 2024
Logo

epaper

क्यान्सर उपचारमा चुनौतिको चाङः जिम्मेवार वर्गको ध्यान केन्द्रित गर्न क्यान्सर सर्भाइभर्सद्धारा राजधानीमा प्यानल डिस्कसन



नेपाल हेल्थ न्युज काठमाडौं । क्यान्सर विजेताहरुले भोगेका समस्या सम्बोधनका लागि नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले राजधानीमा वृहत् गोष्टी आयोजना गरेको छ । विश्व क्यान्सर दिवस फेब्रुअरी ४ का दिन राज्य र निजी क्षेत्रबाट क्यान्सर उपचारमा भइरहेका उपलब्धी र चुनौतिबारे प्यानल डिस्कसन गरिएको छ ।

सोसाइटीकी अध्यक्ष प्रमिता खनालले आफूपनि क्यान्सर सर्भाइभर भएकाले उपचार शुरु भएपछि सपोर्टिभ केयर, साइकोलोजिकल सपोर्ट, रिकभरीपश्चात् रिह्याविलिटेसन, लाइफस्टाइललाई चेञ्ज र क्यान्सर जितेपछि लामोसमयसम्म अफलोअपमा रहनुपर्ने एवं परिवारको साथ र सहयोग आवश्यक पर्ने अनुभव सुनाउनुभयो ।

उहाँले चाँडो रोग पहिचान भएर सही उपचार शुरु गरेमा क्यान्सर निको हुने समेत अनुभव सुनाउनुभयो । उहाँले क्यान्सर विजेताहरुलाई समाजले सहज रुपमा लिइदिन आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका डा. दिपेन्द्र रमण सिंहले क्यान्सरका बिरामीलाई सहुलियत र सहजीकरणका लागि बनाउने नीति नियममा सबैको सुझाव आवश्यक भएको बताउनुभयो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले राज्यले क्यान्सरलाई प्राथमिकतामा राखेर समयसापेक्ष नीति नियम बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमको विशेष अतिथिमा सार्क फेडरेसन अफ अंकोलोजिष्टका अध्यक्ष डा. विवेक आचार्य हुनुहुन्थ्यो । क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले एचपिभी भ्याक्सिनलगायत जनचेतनाका कारण पाठेघरको मुखको क्यान्सरको समस्या कम हुदै गएको बताउनुभयो ।

यसैगरी औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, सार्क फेडरेसन अफ अंकोलोजिष्टका संरक्षक डा. मदनकुमार पिया, सिनियर कन्सल्यान्ट अंकोलोजिष्ट डा.राजेन्द्र प्रसाद बराल, सिनियर कन्सल्यान्ट मेडिकल अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठ, सिनियिर मनोरोग विशेषज्ञ प्रा.डा. सरोज प्रसाद वझा, सिनियर कन्सल्यान्ट सर्जिकल अंकोलोजी डा. प्रकाश राज न्यौपाने, सिनियर कन्सल्यान्ट रेडियसन अंकोलोजिष्ट डा. गिसुपनिख प्रसिको, नेपाल क्यासर सर्भाइभर सोसाइटिकी उपाध्यक्ष तथा क्यान्सर विजेता पुजा कुँवर बीच क्यान्सर उचारमा सहजीकरणबारे डिस्कसन भएको थियो । हाल सोसाइटीमा एक सय भन्दा बढी क्यान्सर विजेताहरु रहेका छन् ।

यद्यपी विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर केयर ग्याप बन्द गर्ने नेपालको दृष्टिकोण फलदायी कार्यक्रम हो । निदानदेखि उपचार पछिसम्मको हरेक चरणमा अन्तर छ । सरकार, सरोकारवाला र बाँच्नेहरूबाट एकजुट भएर समस्यालाई सम्बोधन गर्न आवश्यक छ । क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट, ओन्कोलोजिस्ट सर्जन, मनोचिकित्सक, नर्स, फार्मासिस्ट, स्पीच थेरापिस्ट, फिजियोथेरापिस्ट, रेडियोलोजिस्ट, डाइटिशियन र बाँचेकाहरू सम्मिलित बहुअनुशासनात्मक टोलीको आवश्यकता छ । यो कार्यक्रमबाट अर्को वर्ष स्क्रीनिंङ्ग र उपचारमा हुने ग्याप कम हुने आशा राखिएको छ । पुनस्र्थापना र विकिरण सेवा प्राप्त गर्न १—३ महिना सम्म कुर्नुपर्ने समस्याको अन्त्य हुने छ । उपचारको साथ सकारात्मक दृष्टिकोण क्यान्सर योद्धा बन्ने कुञ्जी हो । क्यान्सरमा उपचार सँगै रोकथाम महत्वपूर्ण छ । समयमै क्यान्सर स्क्रिनिङ सेवा प्राप्त गर्नु र गराउनु सबैको जिम्मेवारी हो ।

प्रतिक्रिया दिनुहोस्