Logo
|
Friday 24th January 2025
Logo

epaper

डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विशेष सम्मान गर्दै

क्यान्सर रोगको उपचार र जनचेताको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन



नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विशेष सम्मान गर्ने भएको छ । क्यान्सर रोगको उपचार र जनचेताको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी फेब्रअरी २३ मा राजधानीमा आयोजना गरिने विशेष समारोहमा डा. शाहीलाई सम्मान गर्ने निर्णय भएको हो ।

डा. अरुण शाही-युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (इएसएमओ) को सर्टिफाइड अंकोलोजिष्ट

क्यान्सर मानव स्वास्थ्यका लागि चुनौति बनिरहेको वर्तमान परिप्रेक्षमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचनामुलक जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय हुनुहुन्छ डा. शाही ।


उहाँलाई नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ बाट सम्मान गरिसकेको छ ।

हाल सहायक प्राध्यापकसमेत रहनुभएका उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१९ देखि सेवारत हुनुहुन्छ । डा.शाही युरोपको सबैभन्दा ठुलो क्यान्सर विशेषज्ञको संस्था युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (इएसएमओ) को सर्टिफाइड अंकोलोजिष्ट हुनुहुन्छ ।


यसैगरी उहाँ इनोभेटिभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च नामक संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । यो संस्थाले जनस्वास्थ्य सम्बन्धि विभिन्न अनुसन्धान गर्दै आएको छ ।


डा. शाहीका ३ वटा मेडिकल पुस्तक समेत प्रकाशन भएका छन् । उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन (नेपाल, बंगलादेश, भारत, सिंगापुर, जापान, अष्ट्रेलिया ,जर्मनी अमेरिका) मा क्यान्सर सम्बन्धी १०० भन्दा बढी बैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

‘नेपाली महिलाहरूमा स्तन क्यान्सरको ढिलो देखिने सम्बन्धित कारणहरू’ शीर्षकको प्रस्तुतिलाई समेत डा. शाहीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्