Logo
|
Saturday 27th July 2024
Logo

epaper

नवनियुक्त स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्धारा पदभार ग्रहण, प्रादेशिक अस्पतालको शल्यक्रिया सेवा छिटोछरितो बनाउन निर्देशन



नेपाल हेल्थ न्युज, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष समेत रहनुभएका यादवलाई स्वास्थ्यमन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । त्यस लगत्तै उहाँले मन्त्रालय पुगेर पद सम्हाल्नुभएको हो ।

पदभार सम्हाल्दै मन्त्री यादवले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाइलाई छिटोछरितो बनाउन आवश्यक निर्देशन दिने निर्णय गर्नुभएको छ ।

त्यस्तै डिजीटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाइ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभयो । यस्तै नयाँ स्वास्थ्य सेवा ऐनका सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने समेत निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्