Logo
|
Sunday 28th April 2024
Logo

epaper

नेपाल औषधि व्यवसायी संघ काठमाडौंमा जिल्ला शाखामा नयाँ कार्यसमिति, अध्यक्षमा शंकरमान महर्जन र महसचिवमा शुभमान श्रेष्ठ

एनसिडिए व्लड बैंक स्थापना गर्ने महासचिव श्रेष्ठको घोषणा



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शंकरमान महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनबाट महर्जन अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि बद्रीप्रसाद श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो ।

नव निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर कार्की, उपाध्यक्षमा (आयात र थोक) मा सञ्जय श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) प्रकाश न्यौपाने, महासचिवमा शुभ मान श्रेष्ठ,कोषाध्यक्षमा अमृत ज्ञवाली, सचिवमा सञ्जीव प्रजापती र उपकोषाध्यक्षमा विज्ञ राजभण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा विनेश रिमाल, सविन सिग्देल, विष्णु प्रसाद वस्ती, रेणु योञ्जन, ठाकुर तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

काठमाण्डौ, महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको आतिथ्यमा भएको सो कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्ज्वल जंग पाण्डे, नेपाल औषधि व्यवसायी संघ केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठलगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा शाखाका महासचिव शुभमान श्रेष्ठले एनसिडिए व्लड बैंक स्थापना गर्ने घोषणा गर्नुभएको छ । सो अवसरमा रक्तदान कार्यक्रमकोसमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्