Logo
|
Saturday 27th July 2024
Logo

epaper

विराटनगर नर्स हत्या प्रकरण : प्रेमी भनिएका युवक मृत भेटिए



नेपाल हेल्थ न्युज, विराटनगर । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा मृत भेटिएका छन् ।

नर्सको हत्या पश्चात् प्रहरीको अत्यधिक खोजीमा रहेका उनका प्रेमी शिवशङ्कर दास विराटनगरकै एक होटेलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी विराटनगरको फाइन होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

विराटनगरस्थित नोबेल हस्पिटलमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएको युवा मृत भेटिएपछि घटना थप रहस्यमय बनेको छ । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।

२३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका ४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको थियो । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्