मुख सम्बन्धि ९० प्रतिशत रोग दाँत किराले खानेसँग सम्बन्धित, सूर्ति र चिनी मुख स्वास्थ्यमा घातक
नेपाल हेल्थ न्युज काठमाडौं । मुख स्वास्थ्यमा चिनी र सुर्ति घातक मानिएको छ । विश्व मुख स्वास्थ्य दिवसका अवसरमा मुख स्वास्थ्यबारे तथ्य सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी गराएको हो ।
मुख सम्बन्धि ९० प्रतिशत रोग दाँत किराले खानेसँग सम्बन्धित रहेको छ । यसले विश्वव्यापी रुपमा अर्बौ मानिसलाई असर गरेको उल्लेख गर्दै मन्त्रालयले भनेको छ—‘मुख स्वस्थ्य भए मात्र शरीर स्वस्थ्य हुन्छ । दाँत र मुख सँग मात्र मुख स्वास्थ्य सम्बन्धित नभई क्वाभिटी र वरपरको तन्तुसँग पनि सम्बन्धित छ ।’
नेपाल सरकारले आफ्नो स्वास्थ्य, सामाजिक र मानसिक स्थितिलाई सुधार गर्न मुख स्वच्छतामा अभ्यासका लागि प्रोत्साहित गर्न अभियान शुरु गरेको छ ।