Logo
|
Friday 26th April 2024
Logo

epaper

निर्यातका लागि अनुमति पाएका क्यान्सरका औषधी नेपाली बिरामीले खान पाउने

बजारमा उपलब्ध अन्य औषधीभन्दा ४० प्रतिशत सस्तोमा उपलब्ध गराउन सफल



क्यान्सरबिरुद्ध औषधिको उत्पादनमा आवश्यक पर्ने नेपाली दक्ष जनशक्तिको कमीले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ तथा २०७५’ अन्तर्गत यसले भारतको औषधी कम्पनीसँग प्रविधि हस्तान्तरण गरेको छ । कम्पनिले प्रतिसिप्ट दैनिक १ लाख २५ हजार ट्याब्लेट वा १ लाख ८५ हजार क्याप्सुल क्षमता स्थापित गरेको छ । पछिल्लो अपडेडबारे कम्पनीका कार्यकारी निर्देशक शैलेश बैद्यसँग गरिएको कुराकानी ।

क्यान्सरका औषधी उत्पादनमा पछिल्लो उपलब्धी बताइदिनुस् न ?

बजारमा स्वदेशमा उत्पादित औषधी बिक्री वितरण सुरू गरेको एक वर्ष पूरा भएको छ । २०७८ साल फागुन ३ गते कम्पनीले आफ्नो उत्पादनको व्यवसायिक अनावरण गरेता पनि बजारीकरणकालागि आवश्यक थप मोलिक्यूलको विभागबाट बिक्रीवितरण स्विकृती भए पश्चात् २०७९ श्रावणबाट मात्र उत्पादन बजारीकरण शुरू गरेको थियो । हुन त कम्पनीले ठूलो फड्को मार्न सकेको छैन । मोलिक्युल कम छन् । अरु औषधीजस्तो आक्रामक तरिकाले उत्पादनमा जान सकिदैन ।

अहिलेसम्म हामी १६ मोलिक्यूलका २९ स्ट्रेन्थका औषधिहरू बजारमा उपलब्ध गराउन सफल भएका छौ । थप मोलिक्यूलहरू बिक्रीवितरण स्विकृतीको क्रममा औषधीव्यबस्था विभागको विभागीय प्रक्रियामा रहेका छन् ।

देशमा कसरी बजारीकरण गरिरहनुभएको छ ?

अधिकांश सरकारी अस्पतालमा टेन्डरमार्फत औषधी बिक्री–वितरण गर्न सफल भएका छौं । बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल (भरतपुर) , सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (नेपालगञ्ज), सिभिल अस्पताल (काठमाण्डौ), नेपाल आर्मी अस्पताल (छाउनी), जस्ता क्यान्सर उपचार गर्ने संस्थाहरूमा केन्द्रित रहेर बजार बिस्तार गरिरहेका छौँ । यसैगरी बीर अस्पताल, पाटन अस्पताल (ललितपुर), नेपाल क्यान्सर अस्पताल (हरिसिद्धि), काठमाडौँ क्यान्सर सेन्टर (ताथली), नेशनल अस्पताल तथा क्यान्सर रिसर्च सेन्टर (ललितपूर), पूर्वान्चल क्यान्सर अस्पताल (विर्तामोड झापा), विराट मेडिकल कलेज (विराटनगर), चितवन मेडिकल कलेज (चितवन), महाकाली अस्पताल (महाकाली), भेरी क्षेत्रीय अस्पताल (नेपालगन्ज), ग्रान्डी ईन्टरनेशनल अस्पताल (काठमाण्डौं) र नेपाल मेडिसिटी अस्पतालमा पनि औषधि बिक्री भइरहेको छ । हाल भक्तपुर क्यान्सर अस्पतालमा भने टेन्डर खुल्न सकेको छैन ।

गुणस्तरमा कतिको विश्वस्त छौं ?

औषधी व्यवस्था विभागको निरन्तर निगरानी तथा त्यहाँबाट प्राप्त निर्देश पालनाका साथ आफ्ना उत्पादनहरू बजारमा जाने हुनाले हाम्रा उत्पादनको गुणस्तीयतामा कुनै शंकाछैन । फरक मोलिक्युल फरक क्यान्सर उपचारमा प्रयोग गरिन्छ । त्यसैले बिरामीहरूले डाक्टरको सिफारिस र रेफरमा औषधी प्रयोग गर्नुपर्छ । उपचारमा संलग्न डाक्टर र बिरामीबाट उत्साहजनक फिडब्याक प्राप्त भइरहेको छ ।

क्यान्सरका औषधीमा हुने अस्वस्थ्य प्रतिस्पर्धाबारे के भन्नुहुन्छ ?

कम्पनीले औषधीव्यवस्था विभागबाट स्विकृती लिएरमात्र आफ्ना औषधीहरू उत्पादन र बजार बिक्रीवितरण गर्न पाईन्छ भने गुणस्तरीय उत्पादन बजारमा दिन नसकेमा कम्पनीले बजारमा प्रतिसप्रर्धानै गर्न सकिदैन । विभागमा दर्ता भएका औषधीहरूबीच गुणस्तरीयतामा स्वस्थ प्रतिस्पर्धा हुन्छ ।

विभागले मुल्य स्विकृत गर्ने भएका कारण खासै फरक हुँदैन । तर दर्ता नभएका औषधिहरूसँग भने कुनै पनि परिधिमा प्रतिस्प्रर्धा हुन नसक्ने तथा यस्ता औषधीको कारण हामी जस्ता नेपाली उद्योगका लागि निरन्तर नकारात्मक असर पर्न गएको छ ।

स्वदेशी बिरामीहरूको औषधीको पहुँचबारे के भन्नुहुन्छ ?

टिजिग फर्मासँग फर्माकोपियल र ननफर्माकोपियल औषधी उत्पादन गर्ने लाइसेन्स छ । फर्माकोपेल उत्पादन स्थानीय बजार र निर्यात गर्न सकिन्छ भने नन फर्माकोपेल उत्पादन हरू शुरूवातमा निर्यात गर्नमात्र पाईथ्यो ।

हाल नेपालमै बनेका औषधी नेपाली बिरामीले किन सुलभ मुल्यमा खान नपाउने भनी औषधी व्यवस्था विभागको पहलमा विरामीका आवश्यकता महशुस गर्दै यस्ता उत्पादनहरूलाई नेपालमा पनि बिक्रीबितरण गर्न अनुमती दिइएका कारण हाल नन फर्माकोपियल औषधिहरू पनि नेपाली बजारमा उपलब्ध छन् ।

हाल कम्पनीले भारत तथा अन्य देशका बिरामीले प्रेसक्रिप्सनका आधारमा रहेर एक पटकका लागि सरोकारको स्थानीय प्रशासनसँग अनुमति मागेर सुलभ मूल्यमा नेपाली औषधी नियमित सेवन गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्