Logo
|
Friday 26th April 2024
Logo

epaper

क्षयरोगका कारण एक वर्षमा ६ जनाको मृत्यु



नेपाल हेल्थ न्युज, अर्घाखाँची । अर्घाखाँचीमा क्षयरोगका कारण एक वर्षमा ६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/८० मा ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले बताउनुभयो । त्यस्तै जिल्लाभरमा दुई सय २२ जनामा क्षयरोग संक्रमण पुष्टि भएको सूचना अधिकारी विकको भनाइ छ ।

जसमध्ये सन्धिखर्क नगरपालिका ६४ जना,भुमिकास्थान नगरपालिका ५६ जना,शितगंगा नगरपालिका ४१ जना,छत्रदेव गाउँपालिका २६ जना,पाणिनि गाउँपालिका १९ जना र मालारानी गाउँपालिकामा १६ जना गरि दुई सय २२ जनामा  क्षयरोग पुष्टि भएको बताएको छ । परिक्षण समुदाय स्तरमा पुर्‍याउनको लागि लागि स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा चरणबद्ध रुपमा कार्यक्रम गर्न सुरु गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।

कार्यालय बाट चालु आर्थिक वर्षमा ४५ कार्यक्रम भएको र ३५ कार्यक्रम कार्यान्वयनमा गएको र १० कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको समेत बताउनुभयो ।अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्या बढी भए पनि रोग लुकाउने गरेको बताए । बिरामीहरूले दुई-तीन महिना औषधी नियमित सेवन गर्ने र पछि केही सञ्चो भएपछि औषधी खान छाड्ने गरेकाले रोग बल्झिने क्रम बढ्दो रहेको उहाँको भनाइ छ । ६ महिनासम्म औषधि खाँदा क्षयरोग निको हुने भएकाले बिरामीले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्