Logo
|
Friday 26th April 2024
Logo

epaper

पूर्व स्वास्थ्य सचिव डा. प्रविन मिश्रको निधनः कलेजोको सिष्टको शल्यक्रियापश्चात् कार्डियाक एरेष्ट



नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्व स्वास्थ्य सचिव डा. प्रविन मिश्रको निधन भएको छ। कलेजेको सिष्टको उपचारका लागि डेढ महिनादेखि दिल्लीमा रहेका डा.मिश्रको मंगलबार राति साँडे ९ बजेतिर निधन भएको हो । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । कलेजेको सिष्टको शल्यक्रिया पश्चात् स्वास्थ्य लाभ गरिरहेको डा. मिश्रको एक्कासी कार्डियाक एरेष्ट भएर निधन भएको जनाइएको छ । डा. मिश्रले बि.सं.२०६६ देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले ५१ वर्षको उमेरमा अवकास लिनुभएको थियो । डा. मिश्र दन्त रोग विशेषज्ञ हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्