Logo
|
Saturday 27th July 2024
Logo

epaper

वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न डा. तोसिमा कार्कीको माग



नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गर्नुभएको हो ।

उहाँले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भए पनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताउनुभयो ।

उहाँले अघिल्लो स्वास्थ्यमन्त्रीले एकै पटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कुनै वेबसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरू दिइन्छन् र कति आइसियु बेड खालि छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्