Logo
|
Friday 26th July 2024
Logo

epaper

डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालका वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले आफ्नी स्वर्गीय माता चमेलीदेवी पियाको नाउँमा स्थापना गरेको ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पहिलोपटक नेपालीमुलका अमेरिकी प्राध्यापक डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई प्रदान गरिएको छ ।

नेपालमा क्यान्सरका विरामीको उपचारमा लामो समय काम गरी हाल सेवानिवृत्त भएकी वरिष्ठ नर्स दयालक्ष्मी वैद्य र क्यान्सरसम्बन्धी काम गर्दै आएको अमेरिकी अन्तर्राष्ट्रिय संस्था अमेरिकन सोसाइटी अफक्लिनिकल अंकोलोजी (एस्को) लाई पनि सो पुरस्कार प्रदान गरिएको छ ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सकृय रहि विशिष्ट योगदान गरेवापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

राजधानीमा आयोजित दुईदिने नेसनल हस्पिटल एण्ड क्यान्सर सेन्टरको छैठौं सम्मेलन तथा अमेरिकी सोसाइटी अफक्लिनिकल अंकोलोजी ‘एस्को’को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्सका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारका संस्थापक समेत रहेका नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. पिया र नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाजहोटल एण्ड रिसोर्टकीअध्यक्ष ९३ वर्षिया अम्बिका श्रेष्ठले प्राध्यापक न्यौपाने, वरिष्ठ नर्स वैद्य तथा ‘एस्को’ संस्थालाई १५ तोला शुद्ध चाँदीमा कुँदिएको सो पुरस्कार प्रदान गरेका थिए ।

यसरी सम्मानित हुने व्यक्ति तथा संस्थाहरुमा सेन्ट मेरीजका पूर्वविद्यार्थीहरुको संस्था ‘आस्मान’ काठमाडौं, जोन्टा क्लब पोखरा, मिङ्गमा दोर्जी शेर्पा, चोलेन्द्र राज्यलक्ष्मी सिंह, कुविजा न्यौपाने, रमा जोशी सिंह, जागरुक महिला समूह, काल्देन जेवन्त श्रेष्ठ र पिंकवाक टिम रहेका छन् ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान गर्ने स्वदेशी या विदेशी व्यक्ति र संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ स्थापना गरिएको पुरस्कार कोषका अध्यक्ष डा. पियाले बताउनुभयो। डा. पियाकी माता चमेलीदेवी पियाको २३ वर्षअघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्