Logo
|
Tuesday 30th April 2024
Logo

epaper

स्वास्थ्य बिमामा आवद्ध बिरामीले आजदेखि निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरुले आजदेखि निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डको गत २४ फागुनमा बसेको बोर्ड बैठकले सेवा प्रदायक सरकारी बाहेकका अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेको थियो ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले त्यसको कार्यान्वयन १ बैशाख २०८१ देखि लागु हुने पूर्व निर्णय अनुसार कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।

उहाँले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताउनुभयो ।

गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्