Logo
|
Tuesday 30th April 2024
Logo

epaper

मुरारका मेजर शेयरका साथ डिभाइन हेल्थ केयर प्रा.लि.को प्रबन्ध निर्देशकमा



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा आयातित न्युट्रास्युटिकल्स र विभिन्न औषधिको बजारीकरणबाट राम्रो नाफा कमाउन सफल औषधि व्यवसायी सुशान्त मुरारकाले डिभाइन हेल्थ केयर नामक नेपाली औषधि कम्पनिमा मेजर शेयर हालेर प्रबन्ध निर्देशकको जिम्मेवारी लिनुभएको छ ।


सन् २०१७ मा स्थापना भएको डिभाइन हेल्थकेयर चितवनको विजयनगरमा रहेको छ । हाल यो कम्पनिको पूँजी करिब ५५ करोड पुगेको छ । अब मुरारकारले आयातित न्युट्रास्युटिकल्स र औषधिबाट हुने नाफाको तुलनामा नेपालमा औषधि उत्पादन गरी बजारीकरण गर्दा हुने लाभ र घाटाबारे राम्रोसँग अनुभव गर्ने स्वदेशी औषधि उद्योगीहरुबीच चर्चा भइरहेको छ ।

सुशान्त मुरारका


हाल डिभाइन हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हमको रुपमा विभिन्न रोग निको पार्ने औषधि उत्पादन गरिरहेको छ ।


औषधि व्यवसायमा उत्पादन र बिक्रीको विषय मात्र जोडिएको हुँदैन । यसमा औषधि सेवन गर्ने प्रत्येक बिरामीको सुरक्षाको सवाल हुन्छ । प्रत्येक औषधिको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्नुपर्छ । यसमा उच्च स्तरको जिम्मेवारी र नैतिकताको ठूलो भूमिका हुन्छ ।


मुरारकाले विगत १४ वर्षदेखि शारदा मेडिकेयर प्रा.लि., ट्रु डर्मा एस.ए. प्रा.लि., ट्रु क्योर प्रा.लि., ट्रु फार्मेसिया प्रा.लि., आन्या रत्न प्रा.लि.गरी पाँच वटा संस्थामार्फत स्वास्थ्यसम्बन्धि विभिन्न उत्पादनहरुको बजारीकरण गर्दै आउनुभएको छ । यस अवधिमा उहाँले फूड सप्लिमेन्टस्, छाला र सौन्दर्य एवं इन्जेक्टेबल औषधिको बजारीकरण गरेर राम्रो नाफा आर्जन गर्न सफल हुनुभयो । उहाँले भारतको मद्रास फर्माको फूड सप्लिमेन्ट्सको साझा कम्पनि सफ्ट जेल हेल्थ केयरसँग रिसर्च एण्ड डेभलप्मेन्ट गरेर सिधै नेपालमा बजारीकरण गर्दै आउनुभएको छ ।


जनकपुरको धनुषामा जन्मिएका सुशान्त छिमेकी मुलुक भारतमा स्नातकसम्मको अध्ययन पुरा गरेर सन् २००६ तिर राजधानी काठमाडौं छिर्नुभएको थियो । त्यो बेला उहाँको अष्ट्रेलिया जाने सोच थियो । तर केही पारिवारिक कारणले जान सक्नुभएन । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट एमबीए गर्नुभयो । मुरारका भन्नुहुन्छ—‘सन् २००९ सालमा बिजय अग्रवाल दाइसँग फर्मा मार्केटिङसम्बन्धि काम सिक्दै औषधि व्यवसायको क्षेत्रतर्फ पाइला अघि बढाएँ । उहाँलाई २ वर्षजति काम सिक्न लाग्यो । सन् २०११ तिर उहाँको करियरको पहिलो सुरुवात् निर्यातसम्बन्धि श्रीलंकाबाट भयो । त्यसपछि बंगलादेश र सन् २०१२ बाट नेपालमा औषधिको आयातसम्बन्धि काम शुरु गर्नुभयो । शुरुमा उहाँले फूड सप्लिमेन्टसम्बन्धि काम गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्