Logo
|
Friday 3rd May 2024
Logo

epaper

सुरेन्द्र मानन्धरको अध्यक्षतामा फ्यानक्यानको १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित



नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयदेखि न्युट्रास्युटिकल्सको व्यवसाय गर्दै आउनुभएका व्यवसायी सुरेन्द्र मानन्धर पुनः नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान) को अध्यक्षमा निर्वाचिन हुनुभएको छ ।


पूर्व वन मन्त्री, सांसद तथा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदिप यादवको प्रमुख आतिथ्य एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यको विशिष्ट आतिथ्यमा शनिबार बीरगञ्जमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनमा मानन्धरसहित १५ जनाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।


यसअघि पनि मानन्धर (फ्यानक्यान) को अध्यक्ष हुनुहुन्थ्यो ।


फ्यानक्यानको नवनिर्वाचित नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा शम्भू यादव, उपाध्यक्षमा भीम विष्ट र दिपेश जंग शाह, महासचिवमा गौरब श्रेष्ठ, सचिवमा गौरव बर्मा र गोपाल बहादर जी.सीं, कोषाध्यक्षमा प्रदीप महतो र सहकोषध्यक्षमा रामदिन तोली हुनुहुन्छ । यसैगरी सदस्यहरुमा विनायक राज पाण्डे, प्रतीक शाही, बिरेन्द्र पटेल, विन्देश्वरप्रसाद पाण्डेय, सुवर्ण पोख्रेल भुवन प्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

सन् २०१५ मा स्थापना भएको फ्यानक्यान मातहत नेपालमा रेगुलेसनमा आएका ५ सय भन्दा बढी न्युट्रास्युटिकल्सका व्यवसायी रहेका छन् ।

बि.सं.२०७२ सालदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको नियमन गर्न थालेको थियो ।

न्युट्रास्युटिकल भनेको डायटरी र फूड सप्लिमेन्ट हो । न्युट्रास्युटिकल शव्द सन् १९८६ बाट आएको हो । यसअघि फूड सप्लिमेन्ट, डायटी सप्लिमेन्ट अथवा न्युट्रिस्नल सप्लिमेन्ट भनिन्थ्यो । हामीले दैनिक रुपमा खाएको खानाले शरीरलाई चाहिने न्युट्रेसन पुरा गर्छ । यसबाट धेरै किसिमका डिफिसियन्सी हुनबाट बच्न सक्छौं । नियमित खाना लिएर पूरा गर्न नसकेको अवस्थामा डायटी सप्लिमेन्टबाट पूरा हुन्छ । यसलाई व्यालेन्ट डाइटको रुपमा प्रयोग गरिन्छ ।


यसलाई कृषि मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति र नियमन गर्छ । ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८०’ चैत २१ गते प्रतिनिधिसभाको वहुमतले पनि पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्