Logo
|
Friday 3rd May 2024
Logo

epaper

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै



नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिकामा आयोजना हुने जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन जानुहुने भएकोछ ।

जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादवसहितको टोली वैशाख १६ मा अमेरिका जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवसहित मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह( सचिव अमेरिका जानुहुनेछ ।

सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुनेछ।

प्रतिक्रिया दिनुहोस्