Logo
|
Sunday 12th January 2025
Logo

epaper

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पहिलो निर्णयः नौ केन्द्रिय अस्पतालमा जनशक्ति थप गर्ने



नेपाल हेल्थ न्युज, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले ९ केन्द्रिय अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्रीको पदवहालीका क्रममा मन्त्रालयबाट तयार पारिएको फाइलमा हस्ताक्षर गर्दै उहाँले सो निर्णय गर्नुभएको हो ।


मन्त्रीको निर्णय अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्दै अगाडि बढ्ने उल्लेख छ।

यस्तै मानसिक अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नरदेवी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय औषधि प्रयोगशाला, पशुपति होमियोप्याथी चिकित्सालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसको पनि संगठन तथा व्यवस्थापन सर्वे प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्