Logo
|
Wednesday 19th June 2024
Logo

epaper

फ्यानक्यानको चितवन शाखा पुनर्गठन: अध्यक्षमा अमृत चापागाई, महासचिवमा सुवर्णबहादुर हमाल



नेपाल हेल्थ न्युज, चितवन । अमृत चापागाईको अध्यक्षतामा नेपाल खाद्य तथा न्युट्रास्युटिकल कस्मास्युटिकल संघ (फ्यानक्यान) को चितवन शाखा पुनर्गठन गरिएको छ ।

शाखाको उपाध्यक्षमा डिआर शर्मा, महासचिवमा सुवर्णबहादुर हमाल, सचिवमा पवनकुमार शाह, कोषाध्यक्षमा अर्जुन आचार्य र सहकोषाध्यक्षमा रबिन्द्र विष्ट निर्वाचित हुनुभएको छ । सदस्यहरुमा सुजन कोइराला, राजु आचार्य, राजेश पोखरेल, मनोज अधिकारी, जितेन्द्रकुमार जैसवाल र प्रेम शर्मा हुनुहुन्छ ।

फ्यानक्यान केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र मानन्धर, कोषाध्यक्ष प्रदिप कुमार महतो र सदस्य वीरेन्द्र पटेलको रोहबरमा फ्यानक्यान चितवनको कार्यसमिति पुनर्गठन गरिएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्