Logo
|
Saturday 11th January 2025
Logo

epaper

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट बिनियोजन, चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ३५ करोड रुपियाँ बढी



नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट बिनियोजन गरिएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिनुभएको हो ।

चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ३५ करोड बढी बजेट बिनियोजन गरिएको हो । चालु आर्थिक वर्ष ८३ अर्ब ८९ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।


बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्