Logo
|
Saturday 27th July 2024
Logo

epaper

चिरायु हस्पिटलमा डेडिकेटेड युरोलोजी सेन्टर शुरु, वरिष्ठ युरोलोजिष्ट प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्व

महिला र पुरुष दुवैका लागि एक्सक्लुसिभ यूरोलोजी हेल्थ प्याकेज



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटलमा डेडिकेटेड युरोलोजी सेन्टर शुरु भएको छ ।

वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा सो सेन्टर सञ्चालनमा ल्याइएको हो । कामनपा ३ का वडाअध्यक्ष प्रेम थापाको प्रमुख आतित्थ्यमा जेठ १६ गते हस्पिटलका अध्यक्ष हेमबहादुर गुरुङ्गले विधिवत रुपमा सेन्टरको समुद्घाटन गर्नुभयो ।


प्रा.डा. शर्माले युरोलोजी सेन्टर प्रविधि मैत्री हुने र सर्वसाधारणले अत्याधुनिक सेवा प्राप्त गर्ने बताउनुभयो ।
सेन्टरको उद्घाटनसँगै अस्पतालले महिला र पुरुष दुवैका लागि एक्सक्लुसिभ यूरोलोजी हेल्थ प्याकेज ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्