Logo
|
Friday 18th October 2024
Logo

epaper

हर्मोन सम्बन्धि उत्पादनमा अब्बल छौंः डाक्टर र बिरामी दुवैको विश्वास जितेको छ—अविरल नेपाल

आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्की कसरी र कुन समयमा सेवन गर्ने भन्ने बारे उपभोक्तामा जनचेतना फैलाउन आवश्यक



अविरल नेपाल, प्रमुख कार्यकारी अधिकृत/ नेपाल रिमेडिज लिमिटेड

औषधि उद्योगमा के–कस्ता चुनौती देख्नुभएको छ ?

हाल देशमा रहेका धेरै औषधि कम्पनी बैंकको ऋण तिर्नेदेखि प्रोडक्टको रेञ्ज थप्न नसक्ने अवस्थामा पुगेका छन् । लगानीअनुसार प्रतिफल (रिटर्न) आएको छैन । औषधिलाईबिक्री वितरण गर्नुपुर्व विभिन्न चरणहरू जस्तैः फरमुलेशन एन्ड डेभलपमेन्ट, औषधि व्यवस्था विभागको निरीक्षण, उत्पादनको वजारीकरणको स्वीकृतीआदि चरणहरू पार गर्नुपर्ने हुन्छ । बिक्री वितरण तथा बजारीकरण विधि समेत यस उद्योगको आफ्नै विशेषता छ । युनिक मोलिक्युल ल्याउँदा पनि बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । उद्योगहरूबीच तीब्र प्रतिस्पर्धाको अवस्था छ ।

तपाईंको कम्पनीको विशेषता के हो?

नेपाल रिमेडिज हर्मोनल औषधिहरुलाई प्राथमिकता दिई औषधि उत्पादन गर्ने कम्पनी हो । नेपालमा डाइड्रोजेस्टेरोन मोलिक्युल उत्पादन गर्ने हामी एक मात्र नेपाली उत्पादक हौँ । हामीले डाइड्रोजेस्टेरोन हर्मोनलाई डाइड्रोकेयर (Dydrocare) ब्रान्डमा उत्पादन तथा बजारिकरण गरिरहेका छौँ । आईभीएफ, रिप्रोडक्टिभ हेल्थ, स्त्रीरोगसँग सम्बन्धित समस्यामा प्रोजेस्ट्रटिन मेडिसिन उच्चतम उपाचार विधि हो । हाम्रो औषधिको गुणस्तर र नतिजा राम्रो छ । डाक्टर र बिरामीको विश्वास जित्न सफल भएका छौं ।यस कम्पनीले हर्मोनल सेक्टरमा सबैभन्दा चाँडो गुड म्यानुफ्याक्चरिङ सर्टिफिकेट (GMP) प्राप्त गरेको छ । हामी कम्पनीलाई नेपालको नम्बर वान हर्मोनल औषधि उत्पादक कम्पनीको रूपमा चिनाउने कोसिसमा छौं । साथै, हामीले चर्म रोग, हाडजोर्नी, ग्याँष्ट्राइटिस, एन्टिबायोटिक, सिटामोलका साथै अन्य रोगसँग सम्बन्धित औषधि पनि उत्पादन गर्दै आएका छौँ ।

नेपालमा डाइड्रोजेस्टेरोन मोलिक्युल उत्पादन गर्ने हामी एक मात्र नेपाली उत्पादक हौँ । हामीले डाइड्रोजेस्टेरोन हर्मोनलाई डाइड्रोकेयर (Dydrocare) ब्रान्डमा उत्पादन तथा बजारिकरण गरिरहेका छौँ । आईभीएफ, रिप्रोडक्टिभ हेल्थ, स्त्रीरोगसँग सम्बन्धित समस्यामा प्रोजेस्ट्रटिन मेडिसिन उच्चतम उपाचार विधि हो । हाम्रो औषधिको गुणस्तर र नतिजा राम्रो छ । डाक्टर र बिरामीको विश्वास जित्न सफल भएका छौं ।

उपभोक्ताले के कस्ता हर्मोनल प्रोडक्ट प्राप्त गर्न सक्छन्?

निःसन्तान उपचार तथा क्यान्सरका बिरामीलाई समेत आवश्यक पर्ने औषधि लेट्रोजोल ‘फेम्प’ उत्पादन गरिरहेका छौँ । दैनिक (Choice Daily) तथा आकस्मिक गर्भ निरोधक चक्की (E-Pill) पनि उत्पादन तथा बजारीकरण गरिरहेका छौँ । आजको दिन सम्म कम्पनीले १४ प्रकारका हर्मोनल औषधि तथा अन्य ३० प्रकारका औषधि बजारमा बिक्रीवितरण गर्दै आएको छ । यस आर्थिक बर्षमा थप ३० औषधि वजारमा बिक्री वितरण गर्ने लक्ष्य लिएका छौँ । डाइड्रोजेस्टेरोन (Dydrocare),, प्रोजेस्टोरन, माइक्रोनाइज प्रोजेस्टोरन (Progymed SR),, ल्याट्रोजल (Famp),, ईस्ट्राडिएल (Edil),, ड्यानाजोल (Dany) जस्ता हर्मोनल औषधिहरु उत्पादन तथा बजारिकरण गरिरहेका छौँ ।

हर्मोनसम्बन्धी स्पेसलाइज्ड औषधि उत्पादन गर्ने भएपछि जस्तोसुकै कम्प्लेक्स औषधी बनाउन सक्नुपर्छ । आफूलाई अब्बल ठहराउनुपर्छ भनेर डाइड्रोजेस्टेरोन औषधि उत्पादन शुरू गर्यौँ । हर्मोनल औषधि स्त्री तथा प्रसुती स्वास्थ्यसँगप्रत्यक्ष जोडिएको हुन्छ । अहिले औषधिको गुणस्तर र विश्वसनीयताबारे चिकित्सकलाई कन्भिन्स गर्न सकेका छौँ । औषधिको पहुँच पुर्याउन न्यून मूल्य कायम गरिएको छ ।

प्रतिस्पर्धी बजारमा कसरी बजारीकरण गर्दै हुनुहुन्छ?

नेपालमा हर्मोनल औषधि उत्पादन गर्ने ४ वटा कम्पनी मात्रै छन् । तीमध्ये नेपाल रिमेडिज लिमिटेडले हर्मोनल औषधिहरूलाई विशेष प्राथमिकता दिई औषधि उत्पादन गर्दै आएको छ । उत्पादनको दायरा विस्तार गरी कम्पनीले अन्य औषधिहरूलाई पनि उच्चतम प्राथमिकता दिई बजारीकरण गर्ने लक्ष्य लिएको छ ।

हर्मोनल औषधिको साइड इफेक्ट हुन्छ भन्ने सुनिन्छ । फेरि आकस्मिक गर्भनिरोधक चक्कीलाई ओटिसीको रूपमा पनि लिइन्छ । कुरो के हो ?

नेपाल रिमेडिजले आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्कीको उत्पादन गर्दै आएको छ । प्रायः हर्मोनललगायतसबै खाले औषधिको साइड इफेक्ट हुन्छ । तर चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ ।

गर्भनिरोधक औषधिलाई विश्व बजारमा ओटिसी औषधिको रूपमा लिइएको हुन्छ । तर, नेपालको नियमअनुसार सम्पूर्ण हर्मोनल औषधिलाई समूह (ख) मा राखी चिकित्सकको सल्लाहबमोजिम मात्र खाने भनेर राखिएको छ । गर्भ निरोधक औषधि सेवन गर्न प्रायजसो सबैले डाक्टरको सिफारिस लिँदैनन् ।

विश्वव्यापी प्रचलन, साइड इफेक्ट, नेपाली समाज र उपभोक्ताको व्यवहार हेरेर नियम बनाउन आवश्यक पर्दछ । हाम्रो विचारमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्कीलाई आवश्यक मापदण्ड बनाई ओटिसीको रूपमा वर्गिकरण गर्नुपर्दछ । नेपालमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्की कसरी र कुन समयमा सेवन गर्ने भन्ने बारे उपभोक्तामा जनचेतना फैलाउन आवश्यक छ । जनचेतना कार्यक्रमले नेपालको अन्तराष्ट्रिय प्रतिवद्धता FP-2030 लाई समेत पूरा गर्न सहयोग गर्दछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हाम्रो विचारमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्कीलाई आवश्यक मापदण्ड बनाई ओटिसीको रूपमा वर्गिकरण गर्नुपर्दछ । नेपालमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्की कसरी र कुन समयमा सेवन गर्ने भन्ने बारे उपभोक्तामा जनचेतना फैलाउन आवश्यक छ ।

औषधि उद्योग एक निजी व्यक्तिको मात्र नभई राज्यको समेत सम्पत्ति हो । त्यसैले आफूले अत्पादन गर्ने हरेक उत्पादनको गुणस्तर र जनताप्रति उत्तरदायी हुन जरूरी छ । यस्ता हरेक समस्यालाई राज्यले आफ्नो समस्याको रूपमा लिन आवश्यक छ । नेपालमा चुनौतिपूर्ण अवस्थामा रहेको औषधि उद्योगलाई माथि उकास्न आवश्यक पर्ने नीतिगत निर्णयहरू गर्न सरकारले ढिलो गर्नुहुँदैन । उदाहरणको लागी कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङको मापदण्ड बनाई कानुनी आधार प्रदान गरिनुपर्दछ । अन्त्यमा, नेपाल रिमेडिजको तर्फबाट आफ्नो भनाई राख्न दिनुभएकोमा यहाँको सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्