Logo
|
Saturday 27th July 2024
Logo

epaper

सरकारी अस्पतालको समस्या समाधानका लागि तीन सदस्यीय अध्ययन समिति गठन

प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्याेजना तयार गरिने



नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ ।

शल्यक्रियाका लागि बिरामीले लामो समय पालो कुर्नुपर्नेलगायतका समस्या अध्ययनका लागि मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा जेठ १८ गते तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयका संघीय अस्पताल हेर्ने डा. मदनकुमार उपाध्याय र सदस्यसचिवमा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा हुनुहुन्छ ।


अध्ययन समितिले अस्पतालहरुमा शल्यक्रियाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने, ल्याव, रेडियोलोजी, प्रेषणको अवस्था, सेवाको गुणस्तर लगायतका विषयवस्तुहरुबारे प्रतिवेदन तयार पार्नेछ । पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरुको स्थलगत अनुगमन गरी अध्ययन प्रतिवेदन तयार गर्ने र २ हप्ता भित्र पेश गर्न भनिएको छ ।


प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यायोजना तयार गरिनेछ । अल्पकानीन ३ महिना, अध्यकालीन १ वर्ष र दीर्घकालीन ५ वर्षमित्र कायोजना तयार गरी पेश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले समितिलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्