Logo
|
Saturday 27th July 2024
Logo

epaper

समयमा भुक्तानी उठ्दैन: सामान ल्याउँदा भन्सारमा सास्ती



सिताराम कार्की/ सञ्चालक, सनराइज सर्जिकल हाउस

उहाँ २३ वर्षदेखि सर्जिकल क्षेत्रमा आवद्ध हुनुहुन्छ । २०५८ सालदेखि यो क्षेत्रमा पाइला टेक्नुभएका कार्कीले शुरुका ४ वर्ष अनुभव लिनकै लागि जागिर खानुभयो । त्यसपछि बि.सं. २०६३ सालदेखि सनराइज सर्जिकल हाउसबाट आफैले कारोबार सुरु गर्नुभयो । उहाँले हाल करिब ३० वटा सर्जिकल कम्पनिको नेपालका लागि रिप्रिजेन्ट गर्दै आउनुभएको छ । उहाँ रोग पहिचानका लागि प्रयोग हुने क्लिनिकल प्रयोगशाला सम्बन्धित स्वास्थ्य सामाग्रीहरुको बजारीकरण गर्नुहुन्छ । यसमा हिस्टो प्याथोलोजी, माइक्रोबायोलोजी, बायोेकेमेस्ट्री, हेमाटोलोजी, साइटोलोजी टेष्ट गर्ने उपकरण रिएजेन्टस्लगायतका कन्जुमेबल स्वास्थ्य सामाग्रीहरु पर्दछन् । देशभरका करिब ९० प्रतिशत प्रयोगशालाहरुमा कुनै न कुनै प्रकारका परीक्षणका स्वास्थ्य सामाग्री आपूर्ति गर्न सफल भएको बताउनुहुन्छ कार्की ।

कार्की भन्नुहन्छ—‘हामीले अगापे कम्पनीको नेफ्लोमेट्री एनालाइजर आपूर्ति गरिरहेका छौँ । यसले एचबीएवानसी, सिआरटी, माइक्रोएलबोमिनभन्ने टेष्ट गर्छ । यो सानो पोर्टेबल मेसिन हो । यसलाई प्रोटिन एनालाइजर पनि भनिन्छ । न्युन शुल्कमा राम्रो परिणाम दिन सकिन्छ । सेरेलोजी टेष्ट गर्न सहज हुन्छ ।’

ल्याबोरेटरीका डायग्नोष्टिक सामाग्री प्रायः क्लोज सिस्टममा हुन्छन् अर्थात जुन कम्पनिको मेसिन किन्यो त्यसैको रि—एजेन्टस् लाग्छ । धेरै भोल्युममा परीक्षण गर्ने प्रयोगशालहरुले निःशुल्क एनालाइजर पाउँछन् । कम्पनीले दिएको टार्गेट पूरा गर्नुपर्छ । सेल्स घट्न थालेपछि कम्पनीले अर्को व्यक्ति खोज्न सक्छ । समयमा बजारबाट भुक्तानी उठ्न सक्दैन । बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । पेमेन्टमा प्रेसर दिएमा अर्को कम्पनीको सामान चलाइदिनसक्छन् । लामो समय उधारो दिने आयातकर्ता मात्र प्रयोगशालाको प्राथमिकतामा पर्नसक्छ । कम मार्जिनमा काम गरेका व्यवसायीहरु मर्कामा परेको उहाँ बताउनुहुन्छ ।

इन्स्योरेन्सको भुक्तानी ढिला हुने भएकाले आपूर्तिकर्ताले पनि ढिला भुक्तानी पाउँछन् । सामान ल्याउँदा भन्सारमा दुःख पाउने गरिएको छ । भन्सारले आफ््नै किसिमले भन्सार शुल्क धेरै आउने परिभाषा बनाउँछ । भन्सार विभागले कतिपय सामानको कम्पनीले परिभाषित गरेको एचएस कोडलाई मान्यता दिँदैन ।

एचएस कोड भनेको भन्सारबाट भित्रिने सामानको वर्गिकरण हो । अन्तर्राष्ट्रिय एचएस कोड एउटै हुन्छ । तर यहाँ आफ्नो किसिमले परिभाषित गरिन्छ । इन्डियाका प्रतिष्ठित कम्पनीले घोषणा गरेको एचएस कोड भन्सार कार्यालयले पनि मानिदिनुपर्ने कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्