Logo
|
Sunday 23rd June 2024
Logo

epaper

एनसिडिए काठमाडौं जिल्ला शाखाद्धारा कामनपाकी उपप्रमुख सुनिता डंगोल समक्ष ७ बुँदे ज्ञापन पत्र पेश

औषधी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनमा जोड



नेपाल हेल्थ न्युज, काठमाडौ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले औषधी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोललाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र कामनपा स्वास्थ्य विभागका निमित्त बिभाग प्रमुख सजनी महर्जनको उपस्थितिमा एनसिडिए काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर मान महर्जनले औषधी व्यवसायको अनुगमनदेखि सार्वजनिक निजि साझेदारीको अवधारणा सहितको ७ बुँदे ज्ञापन पत्र बुझाउनु भएको हो ।

एनसिडिए काठमाडौं जिल्ला शाखाका महासचिव सुभमान श्रेष्ठले सो ७ बुँदै ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्