Logo
|
Friday 22nd November 2024
Logo

epaper

ग्यालेक्टोरियाः गर्भावस्थाबिना महिलाको स्तनबाट दुध आउने समस्या

कारण, लक्षण र उपचार



नेपाल हेल्थ न्युज, काठमाडौँ । विशेषगरी जीवनशैलीसँग सम्बन्धित समस्याबाट महिलाहरु पीडित हुने गरेका छन् । महिनावारी (पिरियड्स), हर्मोनल चेन्ज बाहेक यस्ता थुप्रै समस्या छन् जसबारे आज पनि कतिपय महिलाहरु खुलेर कुरा गर्न हिचकिचाउँछन् । यी मध्ये एक समस्या हो ‘ग्यालेक्टोरिया’ । ‘ग्यालेक्टोरिया’ स्तनपान वा गर्भावस्था नभए पनि महिलाको स्तनबाट दूध निस्कने अवस्था हो ।

के हो ग्यालेक्टोरिया ?
महिलाको स्तनबाट असामान्य रूपमा दूध उत्पादन र स्राव हुने अवस्थालाई ग्यालेक्टोरिया भनिन्छ । यो अवस्था ती महिलाहरूमा पनि देखिन्छ जो गर्भवती छैनन् र आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदैनन ।

चिकित्सकका अनुसार २० देखि २५ प्रतिशत महिलाले ग्यालेक्टोरियाजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । तर, पुरुष र बच्चाहरूमा यो समस्या विरलै देखिन्छ ।

कारण
ग्यालेक्टोरियाको मुख्य कारण महिलाको शरीरमा प्रोल्याक्टिन अत्यधिक मात्रामा उत्पादन हुनु हो । वास्तवमा महिलाको शरीरमा पिट्युटरी नामक ग्रन्थी हुन्छ । यो ग्रन्थीले प्रोल्याक्टिन सहित धेरै हार्मोनहरू उत्पादन गर्छन । तर पिट्युटरी ग्रन्थीको काममा कुनै प्रकारको अवरोध आएमा ग्यालेक्टोरियाको समस्या देखिने गर्छ ।

त्यस्तै स्तनको उत्तेजना, औषधिको अत्याधिक सेवन, हर्मोनमा परिवर्तन, छातीमा कुनै पनि प्रकारको चोटपटक र जीवनशैली आदि कारणले पनि ग्यालेक्टोरिया हुनसक्छ ।

लक्षण

  • स्तनबाट दूध वा सेतो रंगको तरल पदार्थ निस्कने
  • महिनावारीमा अनियमित हुने
  • ब्रेष्ट टिस्यु बढ्ने
  • शरीरिक सम्बन्ध राख्ने इच्छा नहुने
  • स्तन कोमल हुने
  • दृष्टि सम्बन्धि समस्या
  • गम्भीर टाउको दुःखाइ

उपचार
यदि महिलाले आफ्नो स्तनबाट दुध वा अन्य कुनै प्रकारको स्राव देखेमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ । शारीरिक परीक्षण, मेडिकल हिस्ट्री, र प्रोल्याक्टिनको स्तरको मापन पश्चात ग्यालेक्टोरियाको उपचार गरिन्छ । रगत परीक्षणबाट महिलामा ग्यालेक्टोरिया भए नभएको थाहा पाउन सकिन्छ । यदि रगत परीक्षणमा प्रोल्याक्टिनको उच्च देखिएमा प्रारम्भिक चरणमा औषधिद्वारा उपचार सुरु गरिन्छ । (स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एन. सपना लुल्ला एस्टर सीएमआई अस्पताल, बेंगलुरुमा कार्यरत छिन् । )

प्रतिक्रिया दिनुहोस्