Logo
|
Saturday 28th September 2024
Logo

epaper

प्रेरणाकी श्रोत लक्ष्मीका संघर्षका पाइला




लक्ष्मी नेपाल विगत २ वर्षदेखि आफ्नै ब्रान्डमा उत्पादन गरेर नेपालमा आहार पुरक र न्युट्रास्युटिकलको आपूर्ति र बजारीकरण गर्दै आउनुभएको छ ।

अहिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को रुपमा आइसकेको छ ।

यो ऐन कार्यान्वयनका लागि आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास र खाद्य पदार्थ सम्बन्धी मापदण्ड निर्धारण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमावली बनाइरहेको छ । लामो समय विभिन्न सप्लायर्स कम्पनिमा बटुलेको अनुभवले उहाँलाई यो क्षेत्रमा पाइला अघि बढाउन मद्धत गरेको छ । कसैको छोरी, कसैको श्रीमती, कसैको आमा भएर पनि प्रेरणाको श्रोत बन्दै अघि बढ्ने कोशिस गरिरहनुभएको छ लक्ष्मी ।

बिहानदेखि बेलुकासम्म नै बजारमा व्यस्त हुन्छु । कहिलेकाँही खाना खान पनि भ्याँइदैन । शुरुमा मेरो करियर डेन्टल सप्लायर्स कम्पनीबाट सुरु भयो । गर्ग सप्लायर्स कम्पनीमा ३ वर्षजति काम गरेँ । इष्टवेष्ट कन्सर्न प्रा.लि.मा ७–८ महिना जति गरेँ । त्यसपछि आहारपुरक न्युट्रास्युटिकल तिर पाइला अघि बढे । विगत २ वर्षदेखि त्यसैमा आफ्नो करियर स्थापित गर्न सफल भएको छु ।

पहिला देखिनै आफूलाई काममा क्रियाशील बनाउँ जस्तो लाग्थ्यो । काम गर्दागर्र्दै धेरै कुराको अनुभव बटुल्न सफल भएकी छु । संघर्ष गरेकी छु । आत्मनिर्भर छुु । समाजमा गुडविल कमाउँदै छु ।

तपाईले दिने उत्पादन कतिको प्रभावकारी छन् नि भन्ने प्रश्न पनि आउनसक्छ । तर मैले कहिल्यै पनि गुणस्तरमा सम्झौता गरेकी छैन । अहिलेको सन्दर्भमा यी सामान प्रयोग गर्ने सबै हाम्रै नेपाली उपभोक्ता त हुन् नि । त्यसैल क्वालिटीको सामानलाई प्राथमिकताम राखेकी छु । ल्याव टेष्टदेखि जतिपनि नियम कानुन छ सबै पुरा गरेर आपूर्ति गरिरहेकी छु ।

प्रतिक्रिया दिनुहोस्