Logo
|
Saturday 28th September 2024
Logo

epaper

फार्मासिस्ट: स्वास्थ्य क्षेत्रका मेरुदण्ड

नयाँ औषधि पत्ता लगाउन र बनाउन फार्मासिस्टको ठूलो भूमिका



डाक्टरलाई भगवानको रूप भनिन्छ भने फार्मासिस्टलाई भगवानको दूत मानिन्छ । डाक्टर र फार्मासिस्टको एउटै लक्ष्य बिरामीलाई स्वस्थ बनाउनु हो । दुवै एक अर्काका परिपूरक हुन् । फार्मासिस्टलाई केमिस्ट पनि भनिन्छ । मेडिकल स्टोरबाट फार्मासिस्टको सेवा लिन सकिन्छ । जसले डाक्टरले तोकेका औषधि र तिनलाई लिने विधिबारे पूर्ण जानकारी दिन्छन् ।
हरेक वर्षको सेप्टेम्बर २५ तारिखका दिन विश्व फार्मासिस्ट दिवस मनाइन्छ ।

विश्वव्यापी स्वास्थ्य प्रणालीमा फार्मासिस्टहरूको योगदानको कदर र उजागर गर्न यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय औषधि महासंघले यसवर्ष नारा ‘फार्मासिस्टः विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्दै’ तय गरेको छ ।

विश्व फार्मासिस्ट दिवसको इतिहास
पहिलो पटक सन् २००९ मा विश्व फार्मासिस्ट दिवस मनाइएको थियो । अन्तर्राष्ट्रिय औषधि महासंघ (एफआइपी) ले सन् २००० मा टर्कीको इस्तानबुलमा भएको सम्मेलनमा यो दिवस मनाउन माग गरेको थियो । सम्मेलनमा यस दिनलाई विश्व फार्मासिस्ट दिवसको मान्यता दिएको थियो । यद्यपि एफआइपीले पहिलो पटक सन् २००९ मा इस्तानबुलमा भएको विश्व कांग्रेसमा फार्मेसी र फार्मास्युटिकल विज्ञान मनाएको थियो ।

विश्व फार्मासिस्ट दिवसको मुख्य उद्देश्य

  • सार्वजनिक स्वास्थ्य प्रवद्र्धन गर्ने
  • समाजका लागि युवाहरुलाई प्रेरित गर्ने
  • स्वास्थ्यकर्मीलाई सम्मान गर्ने
  • समाजमा सचेतना अभियान चलाउने

फार्मासिस्ट: स्वास्थ्य क्षेत्रका मेरुदण्ड

नयाँ औषधि पत्ता लगाउन र बनाउनमा फार्मासिस्टहरूको ठूलो भूमिका हुन्छ । विभिन्न प्रकारका खोपहरू आविष्कार गर्न र बजारमा पुर्याउन उत्तिकै भूमिका खेल्छन । साथै नयाँ औषधि पत्ता लगाउने र सुरक्षित राख्ने जस्ता कामको जिम्मेवारी पनि उनीहरूकै हुन्छ ।

फार्मासिस्टहरू कुनैपनि देशका स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन् । त्यस्तै फार्मासिस्टहरुले बिरामीको हेरचाहमा महत्वपूर्ण योगदान दिन्छन् । जस्तै, औषधि प्रयोगको निगरानी, साइड इफेक्ट पहिचान र उपचारको समीक्षा गर्छन् । फार्मासिस्टले औषधि दिएर डाक्टरको काम पनि गर्छन् ।

कोरोना महामारीको शुरुवाती दिनमा बजार सुनसान र बन्द हुँदा फार्र्मासिष्टहरु योद्धा जस्तै मैदानमा उभिएका थिए । महामारीका बेला बिरामीहरू निको हुन सकून् भनेर निरन्तर सेवा प्रदान गरे । औषधि पसलमा सिपाही जस्तै फार्मासिस्टहरू तैनाथ थिए ।
(संयुक्ता घिमिरे हाल ललितपुरको सातदोबाटोस्थित एसियन कलेज फर एड्भान्स स्टडिज बी फार्मेसी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्