Logo
|
Friday 4th October 2024
Logo

epaper

ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा



नेपाल हेल्थ न्युज, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ ।

स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै आएको नगरप्रमुख शम्भुलाल श्रेष्ठ जानकारी दिनुभयो ।

“वयोवृद्ध नागरिक सामान्य जाँचका लागि अस्पताल जान वा पु¥याउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौँ” उहाँले भन्नुभयो । सेवा पाएपछि ज्येष्ठ नागरिकहरू हर्सित बनेका छन् ।

वयोवृद्ध ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तीन तीन महिनामा यस्तो उपचार सेवालाई निरन्तरता दिने नगरपालिकाको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्