Logo
|
Saturday 12th October 2024
Logo

epaper

आज विश्व वाथरोग दिवस २०२४ः नेशनल वाथरोग सेन्टरद्धारा गोकर्णेश्वर नगरपालिकामा वृहत् वाथरोग पहिचान र जनचेतनामुलक कार्यक्रम

वाथरोग कसरी पहिचान गर्ने ?



नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व वाथ रोग दिवस । वाथरोग जागरण अभियान स्वरूप हरेक वर्ष नेपाल लगायत विश्वभर १२ अक्टोवरका दिन विश्व वाथरोग दिवस मनाउने गरिएको छ ।

यस वर्षको नारा ‘सुचित विकल्प, राम्रो नतिजा’ भन्ने रहेको छ । यस विषयवस्तुमार्फत् बाथरोगको बारेमा पहिले नै जानकारी भएमा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी दिन खोजिएको छ ।


यसैबीच विश्व वाथरोग दिवस २०२४ को अवसरमा विगत ११ वर्षदेखि देशका विभिन्न ८ स्थानमा शाखा विस्तार गरेर वाथरोग उपचार र निवारणको क्षेत्रमा देशव्यापी अभियान सञ्चालन गर्दै आएको नेशनल वाथरोग सेन्टरले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वृहत् वाथरोग पहिचान र जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बद्री तिर्थ आर्थराइटिस समाज, भिजन क्लव अफ काठमाडौं र स्थानीय उत्तरबाहिनी बहुउद्धेश्यीय सहकारी संस्था लि.को संयुक्त आयोजनामा वृहत जनचेतनामुलक र बाथ पहिचान कार्यक्रममा बोल्दै नेशनल बाथारोग सेन्टरका परिकल्पनाकार एवं प्रवन्ध निर्देशक रोशन कक्षपतिले ११ बर्षको अवधिमा बाथरोग ग्रसित जनसंख्या मध्ये करिब ६ प्रतिशतलाई उपचार सेवा दिन सेन्टर सफल भएको जानकारी गराउनुभयो ।

सो अवसरमा वरिष्ठ वाथरोग विशेषज्ञ डा. विनित वैद्य, डा. मनिषा, डा. सुधिर कर्माचार्यलगायतले लक्षणका आधारमा वाथरोग समयमा पहिचान गरेमा सम्भावित जटिल समस्याबाट बच्न सकिने जानकारी गराउनुभयो ।


उहाँहरुका अनुसार, वाथरोगका प्रमुख १५ वटा लक्षणहरु यसप्रकार रहेका छन् । हातको औलाहरु दुख्ने वा सुन्निने, बिहान उठ्ने बेला हात, खुटृा वा जिउ अरठो हुने, खुटृाको बुढी औला वरिपरि रातो भएर टेक्न नहुने, गोलि गाँठो दुख्ने र सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठ्ठो हुने, घुँडा दुख्ने र सुन्निने, कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः राती) वा झम्झमाउने, पिडौला दुख्ने वा करकर खाने, जिउगल्ने र छिटो छिटो थकानहुने, मासंपेशीहरु कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने,चिसोमा काम गर्दा हात खुटृा निलो हुने आदि ।

विश्व स्वास्थ्य संगठनका अनुुसार, हरेक देशमा १० प्रतिशत जनसंख्या बाथरोगबाट ग्रसित हुने गरेका छन् । यसको आधारमा नेपालमा पनि ३ करोड मध्ये ३० लाख जनसंख्यामा बाथरोग हुन सक्ने अनुमान गरिएको छ । यसरी सेन्टरबाट उपचार सेवा पाएका १ लाख ८० हजार बिरामीमध्ये ४० प्रतिशतले मात्र बाथरोगलाई राम्ररी नियन्त्रणमा राख्न सफल भएका छन् । प्रबन्ध निर्देशक कक्षपतिले अझैपनि बाथरोग बारे अझै व्यापक जनचेतना जगाउनुुपर्ने खाँचो औंल्याउनुभयो ।

काठमाडौंको रातोपुलगायत देशका ८ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, मुस्ताङ चोक पोखरा, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा वाथरोग सेन्टर सञ्चालन गरेर वाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्