Logo
|
Thursday 17th October 2024
Logo

epaper

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँँदै



नेपाल हेल्थ न्युज, काठमाडौं ।  सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ ।

कात्तिक २ र ३ गते देशभरका ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

स्वास्थ्य सेवा विभाग पोषण शाखाका  प्रमुख लिलाविक्रम थापाका अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए खुवाईदै छ । यस्तै जुकाको औषधी खाने बालबालिकाको संख्या १९ लाख रहेको छ ।

यो अभियानमा करीव ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १७ हजार बढी स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको समेत शाखा प्रमुख थापाले बताउनुभयो ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि मन्त्रालयले ०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने ०५६ सालबाट खुवाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्