Logo
|
Friday 22nd November 2024
Logo

epaper

नेपालमा मेडिकल उपकरणको नियामक निकाय नबन्दा कहाली लाग्दो जोखिम



चौधरीले भारतको कर्नाटाकाबाट बायोमेडिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको हो । उहाँले उच्च श्रेणी हाँसिल गरेकाले व्याङ्गलोरमा नै जागिर पाउनुभएको थियो । तर एक वर्ष नपुग्दै मास्टर्स गर्न जर्मन जाने अभिलासा बोकेर नेपाल फर्किनुभयो । नेपाल फर्किएकै बेला सन् २०१० मा त्रि. बि.शिक्षण अस्पताल महाराजगञ्जमा सेवा गर्ने अवसर पाउनुभयो । वायोमेडिकलमा स्नातक अध्ययन गरेकामध्येबाट त्रि.वि.शिक्षण अस्पतालमा नियुक्ति पाउने उहाँ पहिलो भाग्यमानी बायोमेडिकल इन्जियिनर हुनुहुन्छ । त्यो बेला बायोमेडिकल इन्जिनियरको कमी त छँदै थियो । साथै यसबारे धेरै अनभिज्ञ थिए । बायोमेडिकल इन्जिनियरको काम कर्तब्य बुझाउन गाह्रो हुन्थ्यो ।

मेडिकल उपकरणहरुको मर्मतसम्भारदेखि नयाँ मेसिन खरीद प्रक्रियाका लागि टेन्डर स्पेशिफिकेसन बनाउन धेरैलाई ज्ञान नै थिएन । सन् २०१७ मा बायोमेडिकलमा मास्टर्स गर्न चौधरी जर्मन जानुभयो । त्यहाँ उहाँले वायोमेडिकलमा मास्टर्स गर्नुभयो, सँगैसँगै म्यानेजर इन रेगुलारिटी अफेयर्समा पनि विज्ञता हाँसिल गर्न सफल हुनुभयो । सायद उहाँ नेपालको वायोमेडिकल रेगुलेसनमा मास्टर्स गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । चौधरीले डब्लुएचओ गाइडलाइन अन इम्प्लिमेन्टिङ रेगुलारिटी रिक्वायरमेन्ट्स फर वायोसेफ्टी एण्ड वायोसेक्युरिटी इन वायोमेडिकल ल्याबोरेटोरिज—ए स्टेपवाइज एप्रोज ‘डब्लुएचओ जेनेभा’ शीर्षकमा शोधपत्र प्रकाशित गर्नुभएको छ ।


मास्टर्सको थेसिसका दौरान चौधरीले विश्व स्वास्थ्य संगठनको सहकार्यमा वायोसेफ्टी, वायोसेक्युरिटी एण्ड क्वालिटी म्यानेजमेन्ट इन बायामेडिकल ल्याबोरेटोरिजको पाइलट प्रोजेक्टका लागि नेपाललाई छनौट गर्नुभयो । भन्नुहुन्छ—‘डब्लुएचओ नेपाल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, औषधि व्यवस्था विभागको अध्ययन अनुसन्धान गरेँ । पाइलट प्राजेक्ट गर्दा नेपालमा मेडिकल उपकरण भित्र्याउन एउटा पोलिसीको आवश्यकता देखेँ ।’

हुन त वायोमेडिकलमा मास्टर्स गर्न जर्मन जाँदा चौधरीले त्रि.वि. शिक्षण अस्पतालको जागिर गुमाउनुपर्यो । अस्पतालबाट विदा स्वीकृत भएपनि इस्टिच्युट अफ मेडिसिन (आईओएम) डिन कार्यालयमा त्रि.वि. शिक्षण अस्पतालको प्रशासनले समयमा बिदा फरवार्ड नगरेकाले उहाँको जागिरले निरन्तरता पाउन सकेन । न्याय पाउन सर्बोच्च अदालतमा दायर गर्नुभएको मुद्धा विचाराधीन छ ।


मास्टर्स सकिएलगत्तै सन् २०१९ को अन्तिमतिर चौधरी मुलुकमा वायोमेडिकल विधाको विकास र विस्तारको सपना बोकेर जर्मनबाट नेपाल फर्किनुभयो । चौधरी भन्नुहुन्छ— ‘त्यो सपना अहिलेसम्म साकार भएको छैन ।’ सन् २०२० बाट उहाँले एम.केयर टेक्नोलोजी कम्पनिमा आवद्ध भएर मेडिकल उपकरणको इम्पोर्टको काम शुरु गर्नुभयो । हाल उहाँ यस कम्पनिको प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँको व्यवसायिक यात्रा क्रिटिकल केयरका मेडिकल उपकरण आपूर्तिमा धेरै केन्द्रित छ । चौधरीले जर्मन, युरोपियन देश, चाइनिज, भारत, कोरियन, अमेरिकन, जापानिज ब्रान्डलगायत करिब १८ देशमा निर्मित क्रिटिकल केयर (आईसियु, एनआईसियु, पिआईसियु) मा प्रयोग हुने उपकरण र ओआर सोलुसन (ओटी टेबुल, ओटी लाइट, एनेस्थेसिया मेसिन) को नेपालमा बजारीकरण गर्दै आउनुभएको छ । साथै ल्याप्रोस्कोपी (प्वाल पारेर गर्ने), इमर्जेन्सी, डिजास्टर मेनेज्मेन्टसम्बन्धि स्वास्थ्य सामाग्रीको पनि आपूर्ति गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ—‘अन्तर्राष्ट्रिय जगतमा रिसर्च एण्ड डेभलप्मेन्ट मार्फत विकसित नयाँ टेक्नोलोजीको आविष्कार हुन्छ । वायोमेडिकल इन्जिनियरहरु यसमा ज्ञाता हुन्छन् । तर नेपालमा रिसर्च एण्ड डेभलप्मेन्टको अवधारणा छैन । केवल वायोमेडिकल इन्जिनियर मेडिकल उकरणको मर्मत सम्भार र टेन्डर स्पेसिफिकेसन बनाउने व्यक्तिका रुपमा मात्र चिनिन्छ ।’


नेपालमा सयौंको संख्यामा बायोमेडिकल इन्जिनियर रहेका छन् । स्वास्थ्य व्यवस्थापन महाशाखा र अन्य विभिन्न अस्पतालहरुले यसको महत्व बुझेर वायोमेडिकल इन्जिनियर हायर गर्न थालेको पाइन्छ । सरकारले बैज्ञानिक किसिमले पर्याप्त दरबन्दी नखुलाएकाले धेरै वायोमेडिकल इन्जिनियरहरुले आफ्नो प्रतिभा देखाउन पाइरहेका छैनन् ।


मेडिकल उपकरणको गुणस्तर यकिन गर्न युएसएफडिए वा सिई/एमडिआर प्रमाणित (सर्टिफाइड) हुनुपर्छ । यसैका आधारमा विकसित देशको प्रशासन संयन्त्रले मोनिटरिङ र भ्यालुएसन गरेर नियन्त्रण गरिरहेको छ । त्यसैले नेपालमा पनि एफडिए बनाउन जरुरी देखिन्छ । जुन देशमा रिसर्च एण्ड डेभलप्मेन्ट हुन्छ, त्यहाँ प्रोडक्सन हुन्छ । प्रोडक्सन भएपछि निर्यात हुन्छ, जसले गर्दा देशको अर्थतन्त्रमा उल्लेख्य सुधारका साथै रोजगारीको अवसर सिर्जना हुन्छ ।

नेपालमा मेडिकल उपकरणको रेगुलेसन नभएका कारण मानिसको शरीरमा प्रयोग हुने मेडिकल डिभाइसले समस्या गरेमा कसले जिम्मा लिने ? त्यसैले नेपाल सरकारले नियामक निकाय (रेगुलेसन वडी) खडा गर्नुपर्छ । नियामक निकाय नभएसम्म गाइडलाइन बन्दैन ।

गाइडलाइन नबनेसम्म उचित व्यवस्थापन हुँदैन

चौधरी भन्नुहुन्छ—‘कुनै पनि मेडिकल सामान भित्र्याउँदा सम्बन्धित प्रोडक्ट नेपालका लागि उपयुक्त भएनभएको अनुसन्धान गर्नुपर्छ । रेगुलेटरी डकुमेन्टस् (आईएसओ, क्वालिटी म्यानेजमेन्टस्, जोखिम व्यवस्थापन, एफडिए, सिई/एमडिआर, आईभिडिआर) ठीक भएनभएको हेर्नुपर्छ । त्यसपछि मात्र सम्बन्धित प्रोडक्ट देशभित्र इन्ट्री गर्न दिनुपर्छ ’


अहिलेको अवस्थामा मेडिकल उपकरण आपूर्ति त भइरहेको छ । त्यसको क्वालिटी बारे कसैलाई नै थाहा हुँदैन । त्यसको रिजल्टलाई शत्प्रतिशत मान्यता दिने कि नदिने ? कसले दिने त ? भन्ने जस्ता प्रश्न आउँछ । त्यसैलेसरकारले मेडिकल उपकरणमा गाइडलाइन बनाएर स्टैन्डराइज तोक्नुपर्छ ।


थर्ड पार्टी असिस्टमेन्ट नभएकाले अहिलेको अवस्थामा कुनै पनि ल्यावमा मेसिन क्यालिब्रेसन गरेर चलाएनचलाएको थाहा हुँदैन । सरकारी निकायले मेसिनको क्वालिटी ठीक वा वेठिक भन्न सक्ने अवस्था पनि छैन । यसबाट मेसिनको क्वालिटीको एसोरेन्स हुन सकिरहेको छैन । यो एउटा जोखिम हो । त्यसैले सरकारी तहमा क्वालिटी एसोरेन्सको लागि पनि रेगुलेसन जरुरी हुन्छ । यदि गुणस्तरहीन मेडिकल डिभाइसका कारण बिरामीको ज्यान गएमा को जिम्मेवार हुने ? एकले अर्कोलाई दोष लगाएर मात्र मरेको बिरामी फिर्ता आउन सक्दैन ।


मेडिकल उपकरणको लाइफ हुन्छ । यसले शुरुमा राम्रो परफर्मेन्स दिन्छ । पुरानो हुँदै गएपछि क्षमता घट्दै जान्छ । कतै कतै त २० औं वर्षदेखि एउटै मेसिन निरन्तर चलाइरहेको पाइन्छ । एउटा हस्पिटलबाट अर्को हस्पिटलमा लगेरसमेत सोही मेसिन चलाइरहेका हुन्छन् । मेडिकल उपकरणको क्वालिटी खस्किएमा डायग्नोष्टिकको रिपोर्ट राम्रो आउँदैन । डायग्नोष्टिकको रिपोर्ट राम्रो नआएमा उपचारको रिजल्ट पनि राम्रो हुन सक्दैन ।


त्यसैले मुलुकमा मेडिकल उपकरणको रेगुलेसन गर्ने गर्ने छुट्टै स्वतन्त्र नियामक निकायको व्यवस्था भएमा आयातित सामानको रजिष्ट्रेसन हुनेदेखि सामानको आयु सकिएपछि डिस्पोज गर्नेसम्मको व्यवस्था बन्नसक्छ । यदि मेडिकल उपकरणको नियामक निकाय नभएमा नेपाल मेडिकल उपकरणको डम्पिङ साइड बन्न सक्छ ।


रिफर्भिस उपकरणहरु प्रयोग गर्दा गुणस्तरमा प्रश्न चिन्ह उठ्छ । त्यसैले आन्तरिक तथा बाह्य रिफर्भिस सामानको प्रयोग नियन्त्रण गर्न जरुरी छ । साथै खुला सिमानाका कारण बिना दर्ता स्वास्थ्य सामाग्री देशमा भित्रिने भएकाले त्यसको क्वालिटी र सर्भिसमा कमी हुने हुँदा नियन्त्रण गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्