Logo
|
Tuesday 22nd October 2024
Logo

epaper

‘एज इन्फिनिटी’ एन्टि एजिङ फेस सिरम र ‘एज ग्लिम’ नेपाली बजारमा

अहिले इन्टरनेशनल मार्केटमा एकदमै धेरै चलनचल्तीमा आएको नयाँ मोलिक्युल हो —मुना कार्की, प्रबन्ध निर्देशक, नोभा डर्म केयर



नेपाल हेल्थ न्युज, काठमाडौं । नोभा डर्म केयर प्रा.लि.ले आफ्नै ब्रान्डमा ‘एज इन्फिनिटी’ नामक एन्टि एजिङ फेस सिरम र एक्नी, हाइपर पिग्मेन्टेसन एवं स्किनको कम्प्लेक्स राम्रो बनाउने ‘एज ग्लिम’ बजारमा ल्याएको छ ।

‘एज इन्फिनिटी’ एन्टि एजिङ फेस सिरममा म्याट्रीक्सिल १० प्रतिशत र ह्यालुरोनिक एसिड २ प्रतिशत रहेको छ । म्याट्रीक्सिल भनेको पेप्टाइड (प्रोटिनको सानो रुप) को कम्बिनेसन हो । ह्यालुरोनिक एसिडले स्किनलाई मोइश्चराइज र हाइड्रेसन गर्ने काम गर्छ ।


नोभा डर्म केयर प्रा.लि.की प्रबन्ध निर्देशक मुना कार्की भन्नुहुन्छ—‘वास्तवमा ह्यालुरोनिक एसिडले पेप्टाइडलाई स्किनमा छिर्न अझ मद्धत गर्छ । यसले चाउरीपना त हट्ने नै भयो । सँगसँगै स्किनलाई हाइड्रेसन दिएर मोइश्चराइज गर्ने काम गर्छ । यसले गाला, निधार, आँखा वरपर, आँखामुनिलगायत अनुहारमा हुने चाउरिपनलाई हटाउन मद्धत गर्छ ।’ यसको मूल्य प्रति फाइल ३ हजार रुपियाँ रहेको छ ।


बढ्दो उमेरका कारण छालाले इलास्टिसिटी लुज गर्दै जान्छ । यसले छाला चाउरिनेलगायत उमेरको संकेत देखिन शुरु हुन्छ । यसको उपचारमा यो सिरम महत्वपूर्ण रहेको छ ।


‘एज ग्लिम’ एक्ने ट्रिटमेन्ट, हाइपर पिग्मेन्टेसन र स्किनको कम्प्लेक्स राम्रो बनाउन महत्वपूर्ण मानिन्छ । यसमा एजेलिक एसिड ५ प्रतिशत, म्यान्डेलिक एसिड ४ प्रतिशत र स्यालिसाइलिक एसिड २ प्रतिशत रहेको छ । यसको मूल्य प्रति फाइल २ हजार ४ सय पर्छ ।


‘यो भारतीय कम्पनिबाट आफ्नै ब्रान्डको उत्पादन हो । अरु मोलिक्युलको तुलनामा यसको मूल्य अलि महँगो पर्छ । तर तुलनात्मक रुपमा ब्रान्डको दृष्टिकोणले अरुभन्दा महँगो छैन । अहिले इन्टरनेशनल मार्केटमा एकदमै धेरै चलनचल्तीमा आएको नयाँ मोलिक्युल हो । यसको डिमान्ड धेरै बढेको छ ।’—प्रबन्ध निर्देशक कार्कीले भन्नुभयो ।

मुना कार्की-प्रबन्ध निर्देशक, नोभा डर्म केयर


नोभा डर्म केयर प्रा.लि.ले विगतदेखि डर्माका जनरल प्रोडक्टहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ । जसमा सनस्क्रिन, मोइश्चराइजर, फेसवासलगायतका सामाग्रीहरु पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्