मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया, ‘हाइ कियर’ युनिटमा उपचार हुँदै
नेपाल हेल्थ न्युज, काठमाडौँ । नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया भएको छ।
परीक्षणको क्रममा उहाँलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै निजी सचिव शम्भु अधिकारीले जानकारी दिनुभयो । निमोनिया लगायतको समस्या देखिएपछि हाल उहाँको ‘हाइ कियर’ युनिटमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
हाल उहाँको उपचारमा नर्भिक अस्पतालका कार्डियोलोजिस्ट डा यादव भट्ट आर्मीका डा. किशोरजंग राणा सहितको टिमले उहाँको उपचार गरिरहनुभएको छ ।
९७ वर्षिया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।