Logo
|
Monday 23rd December 2024
Logo

epaper

प्रधानमन्त्री ओली अस्वस्थ, ज्वरो आएपछि रगत जाँच गर्न पठाइयो



नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँलाई सोमवार बेलुकीदेखि ज्वरो आएपछि मंगलवार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलवार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिनुभयो ।

बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलवार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्