Logo
|
Tuesday 4th March 2025
Logo

epaper

सोसाइटी अफ अटोल्यारिङ्गोलोजिष्टस् अफ नेपालको नवनिर्वाचित कार्यसमितिद्धारा कार्यभार ग्रहण



नेपाल हेल्थ न्युज, काठमाडौं । कानका नशा विशेषज्ञहरुको छाता संगठन सोसाइटी अफ अटोल्यारिङ्गोलोजिष्टस् अफ नेपाल (सोल नेपाल) को नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व श्रवण दिवसका अवसरमा ३ मार्च मा काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा आयोजित कार्यक्रममा सेसाइटीकी निवर्तमान उपाध्यक्ष डा. सरिता के.सी.ले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष डा. रबिन्द्र भक्त प्रधानाङ्गलाई कार्यभार हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बहिरोपन तथा श्रवण शक्तिमा ह्रास आउने समस्याको रोकथाम सम्बन्धि राष्ट्रिय रणनीतिबारे चर्चा भएको थियो ।


सोसाइटीको नवनिर्वाचित उपाध्यक्षमा डा. योगेश न्यौपाने, महासचिवमा डा. दिपेश शाक्य, सहसचिवमा डा. जिज्ञासा थापा, कोषध्यक्षमा डा. रवि भुषण सुवाल, सहकोषाध्यक्षमा डा. अरुण अधिकारी हुनुहुन्छ । यसैगरी नवनिर्वाचित सदस्यहरुमा डा. संजय कोइराला, डा. क्रिपा डंगोल, डा. विपिन कोइराला, डा. संज्ञा पौडेल र डा. राजिव कुमार महासेठ हुनुहुन्छ । यस अघि सोसाइटीको अध्यक्षमा प्रा.डा. दिपेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्