स्वास्थ्य बीमाको भुक्तानीका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा
स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपियाँ, ज्येष्ठ नागरिकहरूको उपचारका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीको निशुस्ल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड
नेपाल हेल्थ न्युज, काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो रकम निकासा गर्ने निर्णय गर्नुभएको हो ।

निकासा भएको रकमबाट स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपियाँ, ज्येष्ठ नागरिकहरूको उपचारका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीको निशुस्ल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले २४ करोड प्राप्त गर्नेछ ।