स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. टंक प्रसाद बराकोटीद्धारा पदवहाली
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. टंक प्रसाद बराकोटीले आजदेखि विभागको जिम्मेवारी सम्हाल्नुभएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत फागुन २७ मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई विभागको महानिर्देशक बनाउनुभएको थियो ।

फागुन २९ गते निर्णयको पत्र हात परेपछि डा. बराकोटीले विभागको महानिर्देशकको कार्यभार सम्हाल्नुभएको हो । डा. बराकोटी स्वास्थ्य सचिवका लागि प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
डा. बराकोटी, डा. संगीता मिश्र र डा. विकास देवकोटामध्ये सरकारले डा. देवकाटोलाई स्वास्थ्य सचिव नियुक्त गरेपछि विभागको रिक्त महानिर्देशक पदका लागि स्वास्थ्य मन्त्री पौडेलले डा. बराकोटीलाई नियुक्त गर्ने निर्णय गर्नुभएको थियो ।