Logo
|
Friday 26th April 2024
Logo

epaper

गर्मी मौसममा दैनिक कति पानि पिउने??




पानी हाम्रो शरीरलाई नभइ नहुने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यसका लागी दैनिक कम्तिमा २ लिटर पानि पिउनुपर्दछ । तर कहिलेकाँही आवश्यक मात्रामा पानी पिए पनि अन्य विभिन्न कारणले शरीरमा पानीको कमी हुन्छ ।

कति पिउने पानी ?
सबै मानिसले यति पानी पिउनु उपयुक्त हुन्छ भन्ने हँुदैन । तर मानिसको शारीरिक बनावट र ठाउँ अनुसार दिनमा कति पानी पिउने भन्ने निर्धारण गर्न सकिन्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने गर्छन् । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । चिकित्सकको अनुसार पुरुषले प्रतिदिन तीन लिटर र महिलाले दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने हुन्छ ।
पानीको मात्रा पुगेनपुगेको कसरि थाहा पाउने ?
आफ्नो शरीरमा पानी पुगेको छ वा छैन भन्नेबारे पिसावबाट थाहा पाउन सकिन्छ । हलुका पहेँलो रङको पिसाबलाई सामान्य मानिन्छ । यदि पिसाब गाढा पहेँलो या सुनौलो रङको देखिएमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ । यस्तो वेला पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ भने भिटामिन बी कम्प्लेक्सजस्ता औषधि सेवनको कारण पनि पिसाबको रङ परिवर्तन हुन सक्छ ।
हामीले व्यायाम गर्दा शरीर तात्छ । त्यतिवेला तुरुन्त पानी पिउनु भने राम्रो मानिदैन । यदि पिउनैपर्ने भएमा पनि दुई गिलासभन्दा बढी प्रयोग नगर्दा राम्रो हुन्छ ।
उपयुक्त समय
बिहान उठ्नेबित्तिकै एक या दुई गिलास पानी पिउनुलाई राम्रो मानिन्छ । त्यसपछि खाना खानुभन्दा करिब आधा घन्टाअघि पानी पिउनुपर्छ । खानासँगै पानी पिउनुलाई स्वस्थकर मानिदैन । बरु खाएको एक घन्टापछि पानी पिउँदा हुन्छ ।
पानी बढी भएमा
पानी बढी भयो भने पनि हानि गर्छ र कम भएमा पनि । बढी पानी पिउँदा हाइपोनट्रेमिया रोग लाग्ने सम्भावना हुन्छ । हाइपोनट्रेमिया रगतमा सोडियमको मात्रा कम भएर लाग्ने रोग हो । त्यसैले शरीरमा आवश्यकभन्दा बढी पानी हुँदा पिसाबका माध्यमबाट नुन बाहिर जान्छ । जसका कारण समस्या हुनसक्छ ।
पानीको विकल्प छैन
कुनै पनि खाद्यपदार्थबाट थोरै–धेरै पानीको मात्रा पाइन्छ । तर, पानी नपिएर अन्य झोल पदार्थको प्रयोग गर्नुलाई पानी पिएको मानिदैन । कतिपयले पानीको सट्टामा जुस, चिया आदि पिउने पनि गर्छन् । तर, छुट्टै शुद्ध पानी नपिउँदा यसको कमीले गर्मी मौसममा डिहाइड्रेसन पनि हुन सक्छ ।
शरीरमा पानीको कमीले हुने समस्या

मिर्गौैलामा समस्या
शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मिर्गौलामा असर पुर्याउँछ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन । फलस्वरूप मिर्गौला कमजोर हुन्छ ।
रक्तचापमा कमी
पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप र ब्लडप्रेसर घट्ने हुन्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छ ।
चाउरीपन र छाला सुक्खा
शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छ । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने गर्छ ।
एक्कासि मुड परिवर्तन
एक्कासि रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी भएछ भन्ने बुझ्नुपर्छ । डिहाइडे«सन हँुदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।

जोर्नी र मांसपेशीमा समस्या
पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा यी दुवैमा पीडा हुन्छ । त्यस्तै, पिँडौला दुख्ने, बाउँडिनेजस्ता समस्यासमेत देखापर्छ ।
पाचनसम्बन्धी समस्या
पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ । अनि, पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ ।
टाउको दुख्ने, थकान महसुस हुने
शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी भई दुख्ने हुन्छ । पानीको मात्रा अलिकति मात्र कमी हुँदासमेत पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ । यसको असर स्वरूप थकान महसुस हुन्छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्