Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चिसोमा फाइदाजनक हुन्छ एक्सरसाइज



चिसो मौसममा व्यक्तिमा आलस्यता बढ्नुका साथै ढिला उठ्ने, काममा आलटाल जस्ता समस्या आउन सक्छन् । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । तर एक्सरसाइज यस्तो फम्र्यूला हो जसले हामीलाई चिसो मौसममा पनि फिट राख्न मद्धत गर्दछ ।
स्वाँस्वाँ गर्दा पनि फाइदाजनक हुन्छ: 
तपाइ चिसो मौसममा जति धेरै सक्रिय रहनुहुन्छ, उति नै सर्दीबाट टाढा रहन सकिन्छ । यसको अलावा चिसोमा दौडदा पनि फाइदा हुन्छ । अक्सर हामी चिसोमा दौडदा हाफन (स्वाँस्वाँ गर्न) लाग्दछौ । तर यसको यति धेरै फाइदा हुन्छ कि शरीरले अक्सिजनको राम्रो प्रयोग गर्न लाग्दछ । यसले तपाइ अझ तेज दौडन सक्नुहुन्छ ।
धेरै क्यालोरी बर्न गर्न सकिन्छः  
गर्मीको तुलनामा चिसो मौसममा धेरै क्यालोरी बर्न गर्न सकिन्छ । किनकि चिसोमा शरीरलाई वार्म अप (तातो) गर्न ज्यादा ऊर्जा खर्च गर्नुपर्दछ । यद्यपी शरीरमा गर्मी पैदा गर्न धेरै तेज गतिमा दौडनुपर्दछ वा धेरै समयसम्म वार्मअप एक्सरसाइज गर्नुपर्दछ । यसको फाइदा क्यालोरी वर्न गर्नमा मिल्दछ ।
डिप्रेशन (तनाव) बाट छुटकाराः  
सर्दिमा मूड बिग्रने र डिप्रेशन हुने आशंका पनि रहन्छ । यसलाई मेन्टल हेल्थ साइन्समा सिजनल अफेक्टिव डिसअर्डर (सैड) भनिन्छ । चिसोमा बाहिर घुम्दा र घामको मजा लिनाले तनावमा राहत मिल्ने अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्